उपेन्द्र यादवविरुद्ध मधेशमा आन्दोलन गर्ने मुख्यमन्त्री राउतले दिए यस्तो चेतावनी



 

प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदाका दिन संघीय सरकार मातहतका निकाय खुल्ने अभ्यासले प्रदेश र संघीय सरकारबीच मतभेद देखिन थालेको छ । २ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले त बिदाको विषयमा धर्ना नै बस्नुपर्ने अवस्था आयो ।

 

रक्षाबन्धन र कृष्ण जन्माष्टमीका दिन जनकपुरधामको नेपाल राष्ट्र बैंकमा बिदा नदिएको विषयमा मन्त्री यादव संघीय सरकारप्रति आक्रोशित नै भए । तर, मन्त्री यादवकै पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा मन्त्री छन् ।

 

संघीय सरकारसँग देखिएको प्रदेश सरकारको टकराव समाधान गर्न पार्टी अध्यक्ष तथा मन्त्री उपेन्द्र यादवले किन भूमिका खेलिरहेका छैनन् ?

 

संघीय समाजवादी पार्टीमा संघीय सरकारका मन्त्री उपेन्द्र यादव अध्यक्ष र प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत उपाध्यक्ष हुन् । प्रदेश मन्त्री ज्ञानेन्द्रकुमार यादव पनि पार्टीमा प्रभावशाली नेता नै हुन् । तर, एउटै पार्टी संघ र प्रदेश सरकारमा हुँदा पनि सत्तापक्षीयहरू नै धर्ना र तालाबन्दीमा उत्रिनु अनौठो घटना हो ।

 

प्रदेशका मन्त्रीले सस्तो लोकप्रियताका लागि तालाबन्दी र धर्ना गरेको भनेर आलोचना पनि हुने गरेको छ ।

 

पार्टी अध्यक्ष उपेन्द्र यादवले संघीय मन्त्रिपरिषद् बैठकमा बिदाको विषय प्रवेश गराएर विवादलाई सहज र सरल बाटोबाट टुंग्याउन सकिने हुँदाहुँदै किन अनौठो हर्कत देखाइयो भन्ने प्रश्नमा प्रदेश मन्त्री यादव भन्छन्, ‘हाम्रो लडाई भनेको प्रदेश सरकार र संघीय सरकारबीच हो । प्रदेशको हक अधिकार र प्रादेशिक स्वायत्तताका लागि संघर्ष हो ।’

 

‘प्रादेशिक स्वायत्तताका लागि आफ्नै पार्टीका अध्यक्षविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएपनि प्रदेश सरकार पछि हट्दैन,’ मन्त्री यादवले भने, ‘तर, मलाई लाग्दैन कि उपेन्द्रजी विरुद्ध हामीले आन्दोलन गर्नुपर्ने स्थिति आउन सक्छ ।

 

हाम्रो संघर्षमा उहाँको पनि समर्थन छ, अहिलेसम्म तपाईंहरूले किन संघर्ष गरिरहनुभएको छ भन्ने विषयमा केही पनि सोध्नुभएको छैन ।’ संघर्ष बढ्दै गए फोरम संघीय सरकारबाट बाहिर आउन पनि सक्ने उनले बताए ।

 

बिहीवार प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पोखरामा सात वटै प्रदेशका मुख्यमन्त्रीसँग प्रादेशिक अधिकार र स्वायत्तताका सवालमा अन्तक्र्रियामा सहभागी छन् । त्यसपछि सात वटै प्रदेशका मुख्यमन्त्रीले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ ।

 

प्रदेशलाई आवश्यक पर्ने हक अधिकारका लागि संघीय सरकारले बनाउनुपर्ने कानून लगायतका विषयमा कुरा नमिले सात वटै मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीलाई घेराउ गर्ने कार्यक्रम रहेको मन्त्री यादवले बताए ।

 

प्रतिनिधिसभा सांसद तथा फोरमका प्रमुख सचेतक उमाशंकर अरगरियाले प्रदेश सरकारको संघर्ष सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘प्रदेश सरकारको संघर्षमा पार्टी अध्यक्ष उपेन्द्र यादव ज्यूको पनि समर्थन छ । अधिकार प्राप्तिका लागि त्यो एउटा अभियान हो र अभियानप्रति पार्टी पूर्ण रूपले सकारात्मक छ ।’

 

‘पार्टी अध्यक्ष यादव केही दिनदेखि विदेशमा रहेकाले संघीय सरकारलाई दबाब दिन सक्नुभएन । तर अब उहाँ स्वदेश फिर्ता भइसकेकाले प्रदेश सरकारको संघर्षबारे मन्त्रिपरिषद्को बैठकमा कुरा उठाउनु हुनेछ,’ सचेतक यादवले बताए ।

 

सरकारी कार्यालय सार्वजनिक बिदा दिलाएर मात्रै मधेशको अधिकार प्राप्ति नहुने हुनाले आफ्नो पार्टीको मुख्य ध्यान संविधान संशोधनमा केन्द्रित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल