कांग्रेसमा कोइराला भित्रै मारामार : सभापतिमा सशांक, सुजाता कि शेखर ?



 

नेपाली कांग्रेसको शाख जोगाइ राख्न कोइराला परिवारको गृहकार्य सशक्त बन्दै गएको छ । अघिल्लो महाधिवेशनबाट नेतृत्व गुमाएको कोइराला परिवारले विगतको शाख फर्काउन कुनै पनि हालतमा कोइराला परिवार एक ठाउँमा आउनुपर्ने निष्कर्षअनुसार अहिले सोहीअनुसारको भित्री रणनीति बनीरहेको छ ।

कोइराला परिवारबाट कांग्रेसको महामन्त्री रहँदै आउनुभएको संशाक कोइरालाले पछिल्लो समय सक्रियता निकै बढाउनु भएको छ ।

 

संशाक स्रोतका अनुसार महाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार टुंगो नलगाए पनि उहाँले सक्रियता निकै बढाउनुभएको छ । विशेष गरि संशाक निवासमा देशभरका नेता कार्यकर्ताको भेटभाट बाक्लीएको छ ।

 

संशाक परिवारभित्रबाट जसले नेतृत्व गरेपनि नेतृत्व कुनै पनि हालतमा आउनुपर्ने पक्षमा हुनुहुन्छ । ‘आफैले नेतुत्व गर्नुपर्छ भन्ने छैन, सुजाता, शेखर र म मध्येबाट जो भएपनि नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता हो’, संशाकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

अहिले संशाकजस्तै शेखर कोइराला पनि नयाँ युवापुस्तामाझ नेतृत्वको सवालसँगै वैचारिक बहशलाई अगाडि बढाइरहनु भएको छ । उहाँ अहिले देश दौडाहामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल