कांग्रेसमा कोइराला भित्रै मारामार : सभापतिमा सशांक, सुजाता कि शेखर ?



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको शाख जोगाइ राख्न कोइराला परिवारको गृहकार्य सशक्त बन्दै गएको छ । अघिल्लो महाधिवेशनबाट नेतृत्व गुमाएको कोइराला परिवारले विगतको शाख फर्काउन कुनै पनि हालतमा कोइराला परिवार एक ठाउँमा आउनुपर्ने निष्कर्षअनुसार अहिले सोहीअनुसारको भित्री रणनीति बनीरहेको छ ।

कोइराला परिवारबाट कांग्रेसको महामन्त्री रहँदै आउनुभएको संशाक कोइरालाले पछिल्लो समय सक्रियता निकै बढाउनु भएको छ ।

 

संशाक स्रोतका अनुसार महाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार टुंगो नलगाए पनि उहाँले सक्रियता निकै बढाउनुभएको छ । विशेष गरि संशाक निवासमा देशभरका नेता कार्यकर्ताको भेटभाट बाक्लीएको छ ।

 

संशाक परिवारभित्रबाट जसले नेतृत्व गरेपनि नेतृत्व कुनै पनि हालतमा आउनुपर्ने पक्षमा हुनुहुन्छ । ‘आफैले नेतुत्व गर्नुपर्छ भन्ने छैन, सुजाता, शेखर र म मध्येबाट जो भएपनि नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता हो’, संशाकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

अहिले संशाकजस्तै शेखर कोइराला पनि नयाँ युवापुस्तामाझ नेतृत्वको सवालसँगै वैचारिक बहशलाई अगाडि बढाइरहनु भएको छ । उहाँ अहिले देश दौडाहामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...