निर्मला हत्या प्रकरण, एसपीका छोरा र मेयरका भतिजा जाकिने भए प्रहरी खोरमा



 

 भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । निर्मलाको बलात्कारपछि हत्या भएको ४२ दिनपुगिसक्दा पनि प्रहरीले वास्तविक दाेषी पत्ता लगाउन सकेकाे छैन ।

 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई ४ भदौ सार्वजनिक गरियो । १० वर्ष अघि आफ्नै भिनाजुको हत्या गरेका दिलिप मानसिक सन्तुलन गुमाएका व्यक्ति भएकाले घटनामा उनकाे संलग्नता नरहेकाे भन्दै स्थानीयले आन्दोलन गरे ।

 

दिलिपको मानसिक अवस्था ठिक भए नभएको प्रमाणित गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैं पठाएको छ । कतिपयले दिलिपलाई डिएनए परीक्षणकाे लागि काठमाडाैं पठाएकाे भनिरहेका छन् ।

 

बम दिदीबहिनीको बयान लिने काम जारी छ । पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेर बयान लिने काम भईरहेको छ । हिरासतमा रहेका बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिएका छन् ।

 

पढ्न गएकी छोरी निर्मलाको हत्या कसले गरेको हो ? भनेर बम दिदीबहिनीलाई थाहा भएको र प्रहरीले राम्ररी अनुसन्धान नगरेकाले नखुलेको निर्मलाबा बुबाको भनाई छ ।  निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डै डेढ महिना बित्यो उपलब्धि शून्य प्राय छ ।

 

कञ्चनपुर प्रहरी निर्मला हत्या प्रकरणकाे पृष्ठभूमिमा चर्चामा अाएका निलम्बित एसपी दिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा घटनामा संलग्नता रहे नरहेको बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ । ती दुई युवाबारे चर्चा भएकाे कयाैँ समयपछि मात्रै कञ्चनपुर प्रहरी अाैपचारिक रुपमा बाेलेकाे छ ।

 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एवं एसपी कुवेरसिंह कडायतले संचारकर्मीसँग घटना बारे कुराकानी गर्दै एसपी विष्टका छोरा किरण र मेयर विष्टका भतिजा आयुषको संलग्नताबारे गहन रुपमा अध्ययन भइरहेको बताए ।

 

निर्मला हत्यामा केही अनलाईन र समाजिक सञ्जाल फेसबुकमा तात्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशष विष्टको नाम आएको विषयमा उनीहरु दुबैमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेकाे भन्दै अहिलेसम्मको अध्ययनमा थुनिहाल्नु पर्ने अवस्था नदेखिएको बताए ।

 

‘हामीले विभिन्न तरिकाले उनीहरुलाई सोधपुछ गर्नेदेखि लिएर उनीहरुको सम्पर्कमा भएका सबै व्यक्ति तथा कनेक्सनबारे अध्ययन भईरहेको छ, ‘एसपी कडायतले भने, ‘उनीहरु दोषी वा निर्दोष भनेर अहिले प्रमाणित गर्न सकिँदैन  ।

 

अहिलेसम्मको अनुसन्धान हेर्दा उनीहरुलाई अनुसन्धानको दायराभित्र राखेर अथवा नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति छैन ।’ एसपी कडायतले  घटनासँग सम्बन्धित सबैमाथि सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कडायतले निर्मला हत्याका अपराधी कुनैपनि हालतमा उन्मुक्ति नपाउने दाबी पनि गरे ।

 

‘हत्यारा कुनैपनि हालतमा उम्किन पाउँदैन, ‘उनले भने, ‘हामी प्रमाण संकलन गर्दैछौँ ।’ घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै उनले यसअघिको अनुसन्धान अध्ययन र पृष्ठभूमि ग्रहण गर्दै कञ्चनपुर प्रहरीले सुक्ष्म ढंगले गहिरो अनुसन्धान गरिरहेको छ, भने ।

 

अनुसन्धानमा जनताको सहयोग अपरिहार्य रहेको बताउँदै उनले जनताको साथ समर्थन निरन्तर हुनुपर्नेमा जोडदिए । ‘हामीलाई स्थानीयले सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘प्रहरीले जनताको विश्वास जितेको छ ।’ अब अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गर्दै उनले जनताको दरिलो साथ दिनुपर्ने दाेहाेर्‍याए ।

 

अनुसन्धानको विषयलाई लिएर बाेल्नु पयुक्त नहुने भन्दै उनले अनुसन्धानमा प्रहरीलाई सघाउनु पर्ने बताए ।  ‘याे भन्दा भिन्न प्रकारका घटनामा प्रहरीले गरेको अनुसन्धान सफल  भएको छ, ‘उनले भने, ‘एसियामा नेपाल प्रहरी अनुसन्धानमा अघि नै छ ।’ निर्मला हत्याबारेकाे छानविन चाँडै निष्कर्षमा पुग्ने उनकाे भनाई छ ।

 

अनुसन्धानमा ढिलाई भएपनि अपराध गर्ने व्यक्ति कुनै हालतमा नउम्किने उनले दावी गरेका छन् । घटनाको थप अनुसन्धान गर्नका सिआइबीबाट एसएसपी ठाकुरप्रशाद ज्ञवाली नेतृत्वको टोलीले कञ्चनपुरमा छ । गएकाे १० साउन साथी रोशनी बमको घर गएकी निर्मलाको ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

 

सरकारले निर्मला हत्याकाण्ड छानबिनका लागि उच्चस्तरीय छानबिन समिति, सिआईबीको नयाँ टाेली र प्रहरी प्रशासनको नेतृत्व परिर्वतन गरेको छ । सिआईबी, उच्चस्तरिय छानबिन समिति र कञ्चनपुर प्रहरीले युद्ध स्तरमा घटनाको चौतर्फिकोणबाट अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।

 

निर्मला हत्याकाण्डमा दुई संघर्ष समितिको चासो     
निर्मला पन्तको न्यायका लागि आन्दोलनमा होमिएका हेलन श्रेष्ठ नेतृत्वको दबाब मुलक संघर्ष समिति र मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले घटनामा चासो देखाएका छन् ।

 

श्रेष्ठ नेतृत्वको दवाव मुलक संघर्ष समितिले निर्मलाको हत्यामा सार्वजनिक गरिएका भीमदत्त नगर १९ बागफाँटाका दिलिप विष्टको घरमा गएका छन् । संयोजक श्रेष्ठ लगायतका गंगा पाण्डे, प्रितिधिर पौडेल, भुवनेश्वरी कुँवर, लक्ष्मी थापाले विष्टको मानव अधिकारको विषयमा गम्भिर हुनुपर्नेमा जोडदिएको बताएका छन् ।

 

यता भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले घाईतेको उपचारमा सरकार गम्भिर हुनुपर्नेमा जोडदिएका छन् । अधिकारकर्मी शारदा चन्दले निर्मलाका लागि न्याय दिलाउनुपर्ने बताईन् । उच्च स्तरिय छानबिन समिति, प्रहरी प्रशासन, सिआईबीले निष्पक्ष छानबिन गर्नुपर्ने बताईन् ।

 

अधिकारकर्मी एव नयाँ शक्तिकी नेतृ माया नेगीले घटनामा सबै निकाय गम्भिर हुनुपर्नेमा जोडदिए । अर्का अधिकारकर्मी प्रभुनिधी पन्तले बन्द, हडताल र आन्दोलनबाट निकास ननिष्किने बताए ।

 

चाँडबाडका बेला आन्दोलन र बन्द भन्दा पनि सम्बन्धीत निकायबाट अनुसन्धान दुत गतिमा अघि बढाउनुपर्नेमा जोडदिए । अधिकारकर्मी नितु भट्टले न्यायका लागि सबै दल एकठाँउमा आउनुपर्ने हाम्राकुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल