निर्मला हत्या प्रकरण, एसपीका छोरा र मेयरका भतिजा जाकिने भए प्रहरी खोरमा



हाम्रो इकोनोमि

 

 भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । निर्मलाको बलात्कारपछि हत्या भएको ४२ दिनपुगिसक्दा पनि प्रहरीले वास्तविक दाेषी पत्ता लगाउन सकेकाे छैन ।

 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई ४ भदौ सार्वजनिक गरियो । १० वर्ष अघि आफ्नै भिनाजुको हत्या गरेका दिलिप मानसिक सन्तुलन गुमाएका व्यक्ति भएकाले घटनामा उनकाे संलग्नता नरहेकाे भन्दै स्थानीयले आन्दोलन गरे ।

 

दिलिपको मानसिक अवस्था ठिक भए नभएको प्रमाणित गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैं पठाएको छ । कतिपयले दिलिपलाई डिएनए परीक्षणकाे लागि काठमाडाैं पठाएकाे भनिरहेका छन् ।

 

बम दिदीबहिनीको बयान लिने काम जारी छ । पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेर बयान लिने काम भईरहेको छ । हिरासतमा रहेका बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिएका छन् ।

 

पढ्न गएकी छोरी निर्मलाको हत्या कसले गरेको हो ? भनेर बम दिदीबहिनीलाई थाहा भएको र प्रहरीले राम्ररी अनुसन्धान नगरेकाले नखुलेको निर्मलाबा बुबाको भनाई छ ।  निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डै डेढ महिना बित्यो उपलब्धि शून्य प्राय छ ।

 

कञ्चनपुर प्रहरी निर्मला हत्या प्रकरणकाे पृष्ठभूमिमा चर्चामा अाएका निलम्बित एसपी दिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा घटनामा संलग्नता रहे नरहेको बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ । ती दुई युवाबारे चर्चा भएकाे कयाैँ समयपछि मात्रै कञ्चनपुर प्रहरी अाैपचारिक रुपमा बाेलेकाे छ ।

 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एवं एसपी कुवेरसिंह कडायतले संचारकर्मीसँग घटना बारे कुराकानी गर्दै एसपी विष्टका छोरा किरण र मेयर विष्टका भतिजा आयुषको संलग्नताबारे गहन रुपमा अध्ययन भइरहेको बताए ।

 

निर्मला हत्यामा केही अनलाईन र समाजिक सञ्जाल फेसबुकमा तात्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशष विष्टको नाम आएको विषयमा उनीहरु दुबैमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेकाे भन्दै अहिलेसम्मको अध्ययनमा थुनिहाल्नु पर्ने अवस्था नदेखिएको बताए ।

 

‘हामीले विभिन्न तरिकाले उनीहरुलाई सोधपुछ गर्नेदेखि लिएर उनीहरुको सम्पर्कमा भएका सबै व्यक्ति तथा कनेक्सनबारे अध्ययन भईरहेको छ, ‘एसपी कडायतले भने, ‘उनीहरु दोषी वा निर्दोष भनेर अहिले प्रमाणित गर्न सकिँदैन  ।

 

अहिलेसम्मको अनुसन्धान हेर्दा उनीहरुलाई अनुसन्धानको दायराभित्र राखेर अथवा नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति छैन ।’ एसपी कडायतले  घटनासँग सम्बन्धित सबैमाथि सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कडायतले निर्मला हत्याका अपराधी कुनैपनि हालतमा उन्मुक्ति नपाउने दाबी पनि गरे ।

 

‘हत्यारा कुनैपनि हालतमा उम्किन पाउँदैन, ‘उनले भने, ‘हामी प्रमाण संकलन गर्दैछौँ ।’ घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै उनले यसअघिको अनुसन्धान अध्ययन र पृष्ठभूमि ग्रहण गर्दै कञ्चनपुर प्रहरीले सुक्ष्म ढंगले गहिरो अनुसन्धान गरिरहेको छ, भने ।

 

अनुसन्धानमा जनताको सहयोग अपरिहार्य रहेको बताउँदै उनले जनताको साथ समर्थन निरन्तर हुनुपर्नेमा जोडदिए । ‘हामीलाई स्थानीयले सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘प्रहरीले जनताको विश्वास जितेको छ ।’ अब अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गर्दै उनले जनताको दरिलो साथ दिनुपर्ने दाेहाेर्‍याए ।

 

अनुसन्धानको विषयलाई लिएर बाेल्नु पयुक्त नहुने भन्दै उनले अनुसन्धानमा प्रहरीलाई सघाउनु पर्ने बताए ।  ‘याे भन्दा भिन्न प्रकारका घटनामा प्रहरीले गरेको अनुसन्धान सफल  भएको छ, ‘उनले भने, ‘एसियामा नेपाल प्रहरी अनुसन्धानमा अघि नै छ ।’ निर्मला हत्याबारेकाे छानविन चाँडै निष्कर्षमा पुग्ने उनकाे भनाई छ ।

 

अनुसन्धानमा ढिलाई भएपनि अपराध गर्ने व्यक्ति कुनै हालतमा नउम्किने उनले दावी गरेका छन् । घटनाको थप अनुसन्धान गर्नका सिआइबीबाट एसएसपी ठाकुरप्रशाद ज्ञवाली नेतृत्वको टोलीले कञ्चनपुरमा छ । गएकाे १० साउन साथी रोशनी बमको घर गएकी निर्मलाको ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

 

सरकारले निर्मला हत्याकाण्ड छानबिनका लागि उच्चस्तरीय छानबिन समिति, सिआईबीको नयाँ टाेली र प्रहरी प्रशासनको नेतृत्व परिर्वतन गरेको छ । सिआईबी, उच्चस्तरिय छानबिन समिति र कञ्चनपुर प्रहरीले युद्ध स्तरमा घटनाको चौतर्फिकोणबाट अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।

 

निर्मला हत्याकाण्डमा दुई संघर्ष समितिको चासो     
निर्मला पन्तको न्यायका लागि आन्दोलनमा होमिएका हेलन श्रेष्ठ नेतृत्वको दबाब मुलक संघर्ष समिति र मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले घटनामा चासो देखाएका छन् ।

 

श्रेष्ठ नेतृत्वको दवाव मुलक संघर्ष समितिले निर्मलाको हत्यामा सार्वजनिक गरिएका भीमदत्त नगर १९ बागफाँटाका दिलिप विष्टको घरमा गएका छन् । संयोजक श्रेष्ठ लगायतका गंगा पाण्डे, प्रितिधिर पौडेल, भुवनेश्वरी कुँवर, लक्ष्मी थापाले विष्टको मानव अधिकारको विषयमा गम्भिर हुनुपर्नेमा जोडदिएको बताएका छन् ।

 

यता भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले घाईतेको उपचारमा सरकार गम्भिर हुनुपर्नेमा जोडदिएका छन् । अधिकारकर्मी शारदा चन्दले निर्मलाका लागि न्याय दिलाउनुपर्ने बताईन् । उच्च स्तरिय छानबिन समिति, प्रहरी प्रशासन, सिआईबीले निष्पक्ष छानबिन गर्नुपर्ने बताईन् ।

 

अधिकारकर्मी एव नयाँ शक्तिकी नेतृ माया नेगीले घटनामा सबै निकाय गम्भिर हुनुपर्नेमा जोडदिए । अर्का अधिकारकर्मी प्रभुनिधी पन्तले बन्द, हडताल र आन्दोलनबाट निकास ननिष्किने बताए ।

 

चाँडबाडका बेला आन्दोलन र बन्द भन्दा पनि सम्बन्धीत निकायबाट अनुसन्धान दुत गतिमा अघि बढाउनुपर्नेमा जोडदिए । अधिकारकर्मी नितु भट्टले न्यायका लागि सबै दल एकठाँउमा आउनुपर्ने हाम्राकुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...