भारतीय कम्युनिष्ट पार्टीले विप्लवका सेनालाई तालिम दिएको खुलासा, कर्मचारी, सेना र प्रहरीले नै चन्दा दिए



 

नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले ग्रामिण भेगका विभिन्न क्षेत्रमा प्रतिरोध कार्यक्रम चलाउने भन्दै सरकारका विरुद्ध निर्णायक युद्ध छेड्ने तयारी थालेको नेकपा उच्च स्रोतले जनाएको छ ।

 

पार्टीका कार्यकर्ता तथा उच्च तहका नेताहरु सरकारले धमाधम समात्न थालेदेखि विप्लवले युद्धको रणनीति र योजना मुलुक बाहिर बसेर बनाइरहेको स्रोतले जनाएको छ । सरकार चरम फासिवादी चरित्रले भरिपूर्ण बन्दै गएको र जनताको शीर ठाडो नहुने गरि अवैज्ञानिक करको दायरा बढाएर पार्टी पंक्ति र आफ्ना एजेन्डालाई मलजल पुगेको भन्दै जनतालाई यसको बारेमा सुचना दिन थालिएको खवर छ ।

 

अहिले सरकारले विप्लवले सैन्य संरचनाको विकास गर्न लागेको शंका गर्दै समातेका नेताहरु कहिले छुट्छन भन्ने कुरा यकिन नभएपनि जनताले एकपटक बलिदान गर्नु पर्ने बताउदै आएका विप्लवले अन्तराष्ट्रिय तयारी स्वरुप विदेशी शक्तिलाई सहयोगको गोप्य अपिल समेत पठाइसकेका छन् ।

 

विप्लवले नेपालका केहि जिल्लामा सैन्य तालिम दिएर अहिलेको युग सुहाउदो तालिम लिनका लागि भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा केहि सेनाका कमाण्डरलाई त्यसतर्फ पठाइसकेका छन् ।

 

चन्दा अशुली गरेको भन्ने सरकारका केहि मन्त्री समेत नियमित चन्दा दाता रहेको स्रोतले जनाएको छ । सरकारका कर्मचारी, सेना प्रहरीका उच्च पदस्थहरुे समेत विप्लवलाई आर्थीक सहयोग गरेको नेकपाका एक नेताले जनाए ।

 

सरकार तपाईहरु प्रति कठोर बन्दै गएको छ । के गर्नुहुन्छ भन्ने नेपालपानाको जिज्ञासामा ती नेताले भने सरकारको रवैयाले नयाँ युगको नयाँ क्रन्तिको विकल्प छैन भन्नेमा पार्टी पंक्ति पुगेको छ । हेरम केहि समयमै यसको नतिजा बाहिर आउला ।

 

ती नेताका अनुसार नेपालमा हिंसा भड्किने कुरालाई नकार्न सकिन्न तर सरकारको तयारी र रणनीतिले भने केहि काम गर्ला की । त्यो भने आशाको कुरा हो ।

 

सरकारको काम कारवाहीबाट आजित जनताको मनोविज्ञान बुझ्दै गएर निर्णायक क्रान्ति छेड्ने बताउने ती नेताका अनुसार क्रान्तिको मोडालिटि भने खुलाउन चाहेनन् । समयले सिकाउदै जाने कुरा हो । जनताको आवाजलाई दवाउन खोज्दा राणा, राजाको हालत देखेकै कुरा हो भनेर सांकेतिक प्रहार मात्र गरे ।

 

केहि नेपाली संचार माध्यमले विप्लव भारतमा लुकेर बसेको भने पनि उनी भारतमा नरहेको पुष्ठि भएको छ । नेकपाका नेताका अनुसार विप्लवको वसाइ स्वदेश तथा विदेशमा त्यत्तिकै हुने गरेपनि भारतीय भुमिको प्रयोगमा पार्टी सचेत रहेको जनाए । उनले हाम्रा छिमेकी र हाम्रो विचारलाई समर्थन गर्ने अरुपनि मुलुक छन् । अहिले यत्ति हो महासचिव कमरेड भारतमा हुनुहुन्न । उनले भने ।

 

 नेपालको सचिवालय बैठकमा ओली रावलबीच भनाभन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको विषयलाई लिएर नेकपाको सचिवालय बैठकमा प्रधानसेनापतिको बर्खास्तिको माग गरेका छन् ।

 

नेपालको असंलग्न परराष्ट्र नीति विपरित हुन लागेको संयुक्त सैन्य अभ्यासले नेपालको छवीलाई अन्तराष्ट्रिय समुदायसामू लज्जित बनाउने भएकाले तत्काल रोकेर मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई बर्खास्त गर्नुपर्ने भन्दै कडा आपत्ति जनाएका हुन् ।

 

नेता रावलले संयुक्त सैन्य अभ्यासको खुलेरै विरोध गरिरहेका छन् । उनले प्रतिनीधिसभामा बैठकमा संयुक्त सैन्य अभ्यासले मुलुकको परराष्ट्र नीतिलाई सिधै धज्जी उडाएको आरोप समेत लगाएका छन् । उता प्रधानमन्त्री केपी शर्मा आेलीले नेता रावललाई पार्टीको अनुशासन पद्धति र विधि विधानमा रहेर सार्वजनिक अभिव्यक्ति दिन समेत सचेत गराएका छन् ।

 

यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल र रावलबीच बैठकमै चर्काचर्की नै परेको छ । मन्त्री पोखरेलले नेता रावलले गरेका कुरा सरकार र पार्टीको अनुशासन विरुद्ध भएको भन्दै कडा आलोचना गरेका थिए ।

 

मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरिसकेको \छ । यस्तै, बैठकले थापालाई आगामी भदौ २५ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश पाउँदैछन् ।

उनी अहिले विदामा छन् ।  सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहँदै आएको छ ।

 

विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासलाई हृदयदेखि नै स्वागत गर्दछुः कांग्रेस सांसद अभिषेक शाह

विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यासका बारेमा विपक्षी दल नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले स्वागत गरेका छन् ।

 

‘विमस्टेक राष्ट्रहरुले गर्न लागेको संयुक्त सैन्य अभ्यासको घोषणालाई म हृदयदेखि नै स्वागत गर्दछु’ शाहले फेसबुकमा लेखेका छन् । तर, विपक्षी कांग्रेसका अधिकांस नेताहरुले संयुक्त सैन्य अभ्यास असंलग्न मुलुकको विदेश नीति बाहिरको कुरा भएको भन्दै विरोध गरिरहेका छन् ।

भोजपुरमा रिहा भए लगत्तै प्रकाण्ड पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरे लगतै प्रहरीले पक्राउ गरेको छ ।

 

ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिए लगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।

 

धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विष्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।

 

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मंगलबार विराटनगर हुँदै भोजपुर पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल