प्रेमीसँग मिलेर श्रीमानकै हत्या, आफैले हत्या गरेर श्रीमानको शव नचिनेको ‘नाटक’



हाम्रो इकोनोमि

 

सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

 

सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भदौं १८ गते भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका–७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको भएको पुष्टि भएको छ । उनको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गराएको समेत पुष्टि भएको छ ।

 

डिभर्ना बस्याल टोलाका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दुर्गन्ध आएपछि स्थानीय खोजी गर्दा अनुहार नै नचिनिने अवस्थामा शव देखेका थिए । शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

 

बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिनपछि कपिलवस्तुको वाणगंगा –७, धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् ।

 

शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन’ भनेर राधा फर्किइन् । प्रहरीले ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भन्यो । त्यसपछि उनले भनिन्, ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ । यो शव मेरो श्रीमानको होइन ।’ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् ।

 

प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान थाल्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बानेर फालेको उनले स्वीकारिन् ।

 

श्रीमतीको षड्यन्त्र र नौटङ्की

कपिलवस्तु वाणगंगा–७, धैरेनीडाँडा निवासी ३३ वर्षीय राधा घर्तीमगरका श्रीमान ३६ वर्षीय धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यही मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए । उनी राधासँगै घरमा तीन दिनसँगै बसे ।

 

राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको बस्याल टोला पुगे । दशैंमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तीमगर अचानक घर आए ।

 

घरमा श्रीमतीलाई देखेनन् । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनी माइती गएको भनेर प्रश्न गरियो । कुराकानीकै क्रममा वादविवाद भयो । धनबहादुरले भने, ‘तँ आउने कि म आम ?’ राधाले भनिन्, ‘तपाई आउन पर्दैन । म भोलि आउँछु ।’

 

धनबहादुर एक्कासी १३ गते साँझ नै ससुराली डिभर्ना पुगे । ससुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरुबीच भनाभन भयो । भनाभनपछिको उग्ररुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाँधेर जङ्गलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताएका छन् ।

 

धनहादुरको हत्या गरेको अर्को दिन बिहानै राधा र रमेश कपिलवस्तुतर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलिइकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइबाट हिंडेको राधाले प्रहरी बयानमा बताएकी छन् । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...