प्रेमीसँग मिलेर श्रीमानकै हत्या, आफैले हत्या गरेर श्रीमानको शव नचिनेको ‘नाटक’



 

सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

 

सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भदौं १८ गते भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका–७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको भएको पुष्टि भएको छ । उनको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गराएको समेत पुष्टि भएको छ ।

 

डिभर्ना बस्याल टोलाका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दुर्गन्ध आएपछि स्थानीय खोजी गर्दा अनुहार नै नचिनिने अवस्थामा शव देखेका थिए । शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

 

बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिनपछि कपिलवस्तुको वाणगंगा –७, धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् ।

 

शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन’ भनेर राधा फर्किइन् । प्रहरीले ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भन्यो । त्यसपछि उनले भनिन्, ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ । यो शव मेरो श्रीमानको होइन ।’ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् ।

 

प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान थाल्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बानेर फालेको उनले स्वीकारिन् ।

 

श्रीमतीको षड्यन्त्र र नौटङ्की

कपिलवस्तु वाणगंगा–७, धैरेनीडाँडा निवासी ३३ वर्षीय राधा घर्तीमगरका श्रीमान ३६ वर्षीय धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यही मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए । उनी राधासँगै घरमा तीन दिनसँगै बसे ।

 

राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको बस्याल टोला पुगे । दशैंमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तीमगर अचानक घर आए ।

 

घरमा श्रीमतीलाई देखेनन् । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनी माइती गएको भनेर प्रश्न गरियो । कुराकानीकै क्रममा वादविवाद भयो । धनबहादुरले भने, ‘तँ आउने कि म आम ?’ राधाले भनिन्, ‘तपाई आउन पर्दैन । म भोलि आउँछु ।’

 

धनबहादुर एक्कासी १३ गते साँझ नै ससुराली डिभर्ना पुगे । ससुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरुबीच भनाभन भयो । भनाभनपछिको उग्ररुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाँधेर जङ्गलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताएका छन् ।

 

धनहादुरको हत्या गरेको अर्को दिन बिहानै राधा र रमेश कपिलवस्तुतर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलिइकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइबाट हिंडेको राधाले प्रहरी बयानमा बताएकी छन् । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल