ओलीको काँधमा नरेन्द्र मोदीको बन्दुक



हाम्रो इकोनोमि

 

सार्क सम्मेलनलाई हुन नदिएर भारतले ठूलो बद्नाम खेप्दै आएको छ । सार्क सम्मेलनमा पाकिस्तान सहभागी भएपछि भारतलाई पुहिला देखिनै टाउको दुखाई बन्दै आएको थियो । भारतले पाकिस्तानका कारण सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जनाएपछि अबरुद्ध हुँदै आएको छ ।

 

सार्कलाई ओझेलमा पार्ने गरेर भारतले बिम्स्टेक सम्मेलनलाई बढावा दिएको छ । भारतकै योजना र दवावमा नेपालले बिम्स्टेक सम्मेलन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्कलाई भन्दा पनि बिम्स्टेक सम्मेलनलाई प्राथमिकता दिन खोजेको देखियो ।

 

भारतले जहिले पनि पाकिस्तानलाई अन्तर्राष्ट्रिय फोरमहरूमा एक्ल्याउन चाहन्छ । भारतको चाहनाअनुसार नेपालका प्रधानमन्त्री केपी ओलीले पनि बिम्स्टेक सम्मेलनलाई महत्व दिएको आरोप छ । यदि यस्तै अवस्था रहने हो भने दक्षिण एसियामा भारतको दवदवा झन् बढ्नेछ । साना देशहरूलाई भारतले महत्व दिनेछैन । आफू अनुकुल प्रयोग गर्नेछ ।

 

पाकिस्तातलाई एक्ल्याउन मात्रै होइन भरतले चीनलाई पनि बिम्स्टेकमार्फत धम्की दिने प्रयास गरेको छ । भदौको अन्तिम साता बिम्स्टेक राष्ट्रका देशहरूको संयुक्त सैन्य अध्यास गरेर चीनसँगको बदला लिन पनि भारतले चाहेको छ । भारतले नेपालका प्रधानमन्त्री ओलीलाई प्रयोग गरेर आफ्ना उदेश्यहरू क्रमशः पूरा गर्दै गएको छ ।

 

नेपालले बिम्स्टेकलाई भन्दा पनि सार्क सम्मेलनलाई महत्व दिनुपर्ने हो । भारतको दवाव अगाडि नेपालको पनि केही लागेको छैन । बिम्स्टेक सम्मेलनले नेपालसँग चीन र पाकिस्तान टाढिने खतरा उत्तिकै छ ।

 

चीनले नेपाललाई विश्वास नगरिरहेको बेला बिम्स्टेक सम्मेलनले झन् अविश्वास पैदा गरिदिएको चर्चा छ । प्रधानमन्त्री ओलीले पनि बिम्स्टेक सम्मेलनलाई महत्व दिएको चीनको बुझाइ छ । चीनले बिम्स्टेकलाई धेरै रुचाएको छैन ।

 

राजनीतिक विश्लेषकहरूले आफ्नो स्वार्थपूर्ति गर्न भारतले बिम्स्टेक मार्फत नेपालका प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर गोली पड्काएको चर्चा हुन थालेको छ । नेपालले कुटनीतिक पहलमार्फत चीन र पाकिस्तानलाई समदुरीमा राख्न सक्नुपर्छ । भारतको गोटी बन्नु हुँदैन ।

 

नेकपाका नेता भीम रावलले बिम्स्टेकका नाममा सैन्य संयुक्त तालिम गर्ने विषयको जोडदार रुपमा विरोध गरेका छन् । रावलले प्रधानमन्त्री ओलीलाई सैन्य संयुक्त तालिम नगर्न सुझाव दिएका छन् ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...