प्रकाण्डका देशैभर उजुरीका चाँग : काठमाडौं, काभ्रे, नुवाकोट र भोजपुरबाट फेरि दाङ लगियो



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गवहादुर विश्वकर्मा प्रकाण्ड लाई भोजपुरबाट पनि फेरि दाङ पुर्याइएको छ । नुवाकोट जिल्ला अदालते रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरि विश्वकर्मालाई भोजपुर लगेको थियो ।

 

‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।

 

धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिनुभयो ।

 

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मङ्गलबार विराटनगर हुँदै भोजपुर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...