निर्मला हत्या प्रकरण : न्याय नपाउने शंका बढेर गयो, उच्चस्तरीय टोली नै तर्सियो



 

निर्मला पन्त हत्या प्रकरण सेलाउने मोडतिर गएको शंका बढेको छ । कतिपयले भन्न थालेका छन्, पीडितले न्याय पाउनेमा शंका छ । ४२–४३ दिन भईसक्दा समेत प्रहरी अनुसन्धानमै अल्झिएको छ ।

 

प्रहरीलाई अनुसन्धान गर्न चारैतिरबाट दबाब छ । प्रहरीले चरण–चरणका टोली टोली बनाई अनुसन्धान गरेकाे बताइएपनि प्रगति अहिले नै भनिहाल्न मिल्नेगरी भएको छैन ।

 

जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धान भईरहेकाले केही भन्न मिल्दैन भने । उनी आफैले भनिरहेका छन्, ‘अनुसन्धान भईरहेको भए पनि प्रगति हुन सकेको छैन ।’

 

अहिले आन्दोलन छैन । भदौ ७ र ८ को घटनापछि असहज भएको अनुसन्धान अहिले सहज भएको छ तर किन प्रगति भएन ? जवाफमा उनी भन्छन्, ‘घटनास्थल, पीडित र बम परिवारको घरमा जाँदा भीड मात्रै पछि लाग्छ । जसले असहज भईरहेको छ । समय लाग्ला जस्तो छ ।’

 

बम दिदीबहिनीको बयान लिनेकाम सकिएको छैन । पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेर बयान लिने काम भईरहेको छ ।

 

निलम्बित एसपी विष्टका छोरा र मेयरका भतिजालाई सोधपुछ
एसपी कडायतले प्रहरीले सामाजिक सञ्जाल र स्थानीयस्तरमा निकै चर्चा गरिएका निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसँग सोधपुछ गरेको छ ।

 

सोधपुछमा उनीहरुको संलग्नता नदेखिएको र निगरानीमा भने राखिएको एसपी कडायतको भनाई छ । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा संलग्नता देखिएन । निगरानीमा राखेका छौँ ।’ यी दुवै महेन्द्रनगरमै छन् ।
एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तको हत्या भएको दिन उनको जन्मदिन रहेको बताईएको छ ।

 

उनले त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्म दिन मनाइरहेको बताउँदै  आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरमा रहेको ब्रिष्टन कलेजमा बीबीएमा पढिरहेका छन् । यी दुबै रोशनी बमको घर आउने जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए ।

 

अहिले घटनाको अनुसन्धानको लागि एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा दोस्रो पटक केन्द्रीय अनुसन्धान व्यूरोको टोली महेन्द्रनगर पुगेको छ ।

 

यसअघि निर्मलाको शव भेटिएको दिन १२ साउनमा डिएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली महेन्द्रनगर पुगेको थियो ।

 

उच्चस्तरीय छानविन टोलीको निष्कर्ष–घटनाको प्रकृति जटिल, विशेष टाेली चाहियाे
निर्मला हत्याको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले घिटनाबारे थप अनुसन्धान गर्न विषेश अनुसन्धान टोली पठाउन गृहमन्त्रालयलाई आग्रह गरेको छ । यसको अर्थ हो, पहिले प्रमाणहरु नष्ट गर्न निकै कसरत भएका थिए ।

 

छानविन समितिका सदस्यहरु डिआइजी रामकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हरि गुरुङ र सशस्त्र प्रहरी बलका डिआइजी वसन्त वानियाले गृहमन्त्रीलाई यस्तो ब्रिफ गरेका हुन् । उच्चस्तरीय छानविन समितिका सदस्यहरुले घटनाको प्रकृति अत्यन्त जटिल बनिसकेको भन्दै विशेष प्रकारले अनुसन्धान नगरी निष्कर्षमा पुग्न सकिँदैन, भने ।

 

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम कुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, शान्ति सुरक्षा शाखाका प्रमुख एकदेव अधिकारी सहित सहभागि भए ।

 

न्याय पाउनेमा शंका 
हिरासतमा रहेका बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिएका छन् । प्रहरीले दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिएको छ । डिएनए परीक्षणका लागि काठमाडौँ पठाईएका उनी अहिले पनि त्रिवि शिक्षण अस्पतालमै छन् । यत्ति तथ्य हर्दा पनि शंका गर्ने प्रशस्त ठाउँ छ ।

 

नयाँ प्रहरी टोलीले अनुसन्धानका क्रममा गतिलो व्यवहार गरेन । नयाँ टोलीले  अनुसन्धान गर्न थालेको दुईसाता भईसक्यो । दोषीबारे कुनै तथ्य फेला पारेन । शंकास्पद बम दिदीबहिनीलाई प्रहरीले राम्रोसँग केरकार गर्दैन ।

 

स्थानीयले रोशनी बमले प्रहरीमा झुठो बयान दिएको भनेका छन् । खोज्न जाँदा रोशनी बमले ४–५ दिनका लागि भाँसीको घर जान्छु भनेर निर्मला गएकी हो भनेको कुरा जेठी छोरी मनिषाले सुनेको निर्मलाका बाबु यज्ञराज पन्तले बताएका छन् । तर, प्रहरीमा रोशनीले भाँसीको घर गएको पनि हुनसक्छ भनेको हुँ भनेर झुठो बयान दिएको बताईएको छ ।

 

पढ्न गएकी छोरी निर्मलाको हत्या कसले गरेको हो भनेर बम दिदीबहिनीलाई थाहा भएको र प्रहरीले राम्ररी अनुसन्धान नगरेकाले नखुलेको निर्मलाबा बुबाको भनाई छ ।

 

अघिल्लो दिन साउन ९ गते रोशनी घरमै आएर निर्मलालाई जसरी भए पनि भोलि आउनु भनेर जोड गर्नु, खोज्न जाँदा तपाईंको छोरी घर नगएको भए पोइला गइहोली भनेर बबिताले भन्नु, दोस्रो दिन बिहान कसैको मनमा मरेको शंका नभएका बेला साइकल पाइएकै ठाउँमा लाश पनि होला भन्नुले बम दिदीबहिनीको व्यवहार शंकास्पद लागेको उनका बुबाको भनाई छ ।

 

भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनी रोशनी बम कहाँ गृहकार्य गर्न गएकी थिईन् र त्यहीबाट बेपत्ता भएकी थिईन । भोलिपल्ट बमको घर पर बागफाँटाको उखुबारीमा शव भेटिएको हाम्राकुराले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल