सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु



हाम्रो इकोनोमि

 

 

सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् ।

 

सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

 

अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ ।

 

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

 

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गुरुङले बताउँदै आएका छन् ।

 

भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ अभ्यास बनिरहेको अवस्थामा सुरु भएको भेलाबाट प्रदेशका अपेक्षा पूरा गर्न आधार तयार पार्ने उनले बताए । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने छ । भेलामार्फत प्रदेशको गतिको सुरु हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...