सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु



हाम्रो इकोनोमि

 

 

सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् ।

 

सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

 

अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ ।

 

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

 

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गुरुङले बताउँदै आएका छन् ।

 

भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ अभ्यास बनिरहेको अवस्थामा सुरु भएको भेलाबाट प्रदेशका अपेक्षा पूरा गर्न आधार तयार पार्ने उनले बताए । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने छ । भेलामार्फत प्रदेशको गतिको सुरु हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...