ललितपुरको गोदावरीमा बाबुबाटै १० बर्षीया छोरी बलात्कृत



 

गोदावरी नगरपालिका-४ बडिखेलमा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु नै पक्राउ परेका छन् । सोमबार राती घरमा कोही नभएको मौका छोपी १० वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले २९ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

 

सम्बन्धविच्छेद भइसकेकी पत्नीतर्फकी छोरीलाई बलात्कार गरेको उजुरी परेपछि बाडेगाउँबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिनुभयो । पीडित बालिकाको पहिचान खुल्ने भएकाले प्रहरीले पीडक भनिएका बाबुको नामसमेत खुलाएको छैन ।

 

१८ भदौको राती साढे आठ बजेतिर सुत्ने वेलामा कोही नभएको मौका छोपी उनले बलात्कार गरेको बताइएको छ । आफूलाई ५० रुपैयाँ दिई फकाएर बलात्कार गरेको पीडित बालिकाले बताएको स्थानीयले जनाएका छन् ।

 

कान्छी पत्नीसँग घटनाको तीन दिनअघि झगडा भएकाले उनी माइतमा बस्दै आएकी थिइन् । पीडित बालिका राती रोइरहेको सुनेपछि उनकी हजुरआमाले थाहा पाएर घटना सार्वजनिक गरेकी हुन् ।

 

प्रहरीले पनि घटना मंगलबार बेलुका मात्र थाहा पाएको थियो । उजुरी मंगलबार आएपछि मात्र थाहा भएको प्रहरीले जानकारी दिएको छ । बालिकाको थापाथलीस्थित प्रसूतिगृहमा स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको प्रहरीले बताएको छ ।

 

पीडक भनिएका बाबु घरमा सधैं झगडा गर्ने तथा मदिरा र जुवा तासमा व्यस्त हुने गर्दथे । स्थानीयले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रहरीलाई दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल