निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजासँग बयान लिन सुरु



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ ।

घटनामा आशंकाको घेरामा पर्दै आएका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाई भुपेन्द्र विष्टका छोरा आयुश विष्टसँग प्रहरीले बयान लिएको हो ।

कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायतले घटनामा उनीहरूको पनि नाम मुछिएकाले अनुसन्धानको क्रममा बयान लिएको जानकारी दिए । उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै एसपी कडायतले भने, ‘मेयरका भतिजा र एसपीको छोरासँग बयान लिएका छौ । हालसम्म उनीहरूबाट कुनै ठोस प्रमाण र कनेक्टीभिटी पाएका छैनौ । जुनकारण उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति देखिएको छैन ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । अझैसम्म वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेको प्रहरीले केही ढिलो भएपनि वास्तविक हत्यारा पत्ता लगाएरै छोड्ने प्रतिवद्धता जनाएको छ ।

प्रहरी उपरीक्षक कडायतले निर्मला पन्त हत्याका अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दावी गरे । उनले भने, ‘हत्यारा कुनै पनि हालतमा उम्किन पाउँदैन । घटना दिनदहाडै भएको छ । हामी प्रमाण संकलन गर्दैछौं ।’

यसैबीच, निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अर्को टोलीले केही दिनदेखि कञ्चनपुरमा अनुसन्धान थालेको छ । एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुरमा अनुसन्धान थालेको हो ।

यसअघि सीआईबीले डीएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर, जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा स्थानीय जनता विश्वस्त हुन नसकेपछि आन्दोलन चर्किएको थियो ।

प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धानबाट विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको हो ।

घटनाबारे गृहमन्त्रालयका उपसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय उच्च स्तरीय छानविन टोलीले भदौ ८ गतेदेखि छानविन थालेको छ । १५ दिनभित्र छानविन प्रतिवेदन बुझाई सक्नुपर्ने समयसीमा पाएको सो उच्च स्तरीय समितिले अझैसम्म छानविनको क्रममा फिल्डमै रहेको जनाएको छ ।

उच्च स्तरीय छानविन टोलीका संयोजक हरिप्रसाद मैनालीले लोकान्तरसँग भने, ‘घटना कसरी घट्यो ? आन्दोलन किन र केको लागि थियो ? लगायत विषयवस्तुमा रही हामी छानविन गरिरहेका छौं । हामी छानविनको क्रममा अझै फिल्डमै छौ । साथै प्रतिवेदन लेखनको अन्तिम तयारीमा समेत पुगेका छौं ।’

तोकिएकै समयमा प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने समेत संयोजक मैनालीले बताए । तर, अपराधी पत्ता लगाउने जिम्मेवारी भने प्रहरीकै रहेको उनको भनाई थियो । समितिको म्याद भदौ २२ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...