निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजासँग बयान लिन सुरु



 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ ।

घटनामा आशंकाको घेरामा पर्दै आएका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाई भुपेन्द्र विष्टका छोरा आयुश विष्टसँग प्रहरीले बयान लिएको हो ।

कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायतले घटनामा उनीहरूको पनि नाम मुछिएकाले अनुसन्धानको क्रममा बयान लिएको जानकारी दिए । उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै एसपी कडायतले भने, ‘मेयरका भतिजा र एसपीको छोरासँग बयान लिएका छौ । हालसम्म उनीहरूबाट कुनै ठोस प्रमाण र कनेक्टीभिटी पाएका छैनौ । जुनकारण उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति देखिएको छैन ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । अझैसम्म वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेको प्रहरीले केही ढिलो भएपनि वास्तविक हत्यारा पत्ता लगाएरै छोड्ने प्रतिवद्धता जनाएको छ ।

प्रहरी उपरीक्षक कडायतले निर्मला पन्त हत्याका अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दावी गरे । उनले भने, ‘हत्यारा कुनै पनि हालतमा उम्किन पाउँदैन । घटना दिनदहाडै भएको छ । हामी प्रमाण संकलन गर्दैछौं ।’

यसैबीच, निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अर्को टोलीले केही दिनदेखि कञ्चनपुरमा अनुसन्धान थालेको छ । एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुरमा अनुसन्धान थालेको हो ।

यसअघि सीआईबीले डीएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर, जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा स्थानीय जनता विश्वस्त हुन नसकेपछि आन्दोलन चर्किएको थियो ।

प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धानबाट विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको हो ।

घटनाबारे गृहमन्त्रालयका उपसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय उच्च स्तरीय छानविन टोलीले भदौ ८ गतेदेखि छानविन थालेको छ । १५ दिनभित्र छानविन प्रतिवेदन बुझाई सक्नुपर्ने समयसीमा पाएको सो उच्च स्तरीय समितिले अझैसम्म छानविनको क्रममा फिल्डमै रहेको जनाएको छ ।

उच्च स्तरीय छानविन टोलीका संयोजक हरिप्रसाद मैनालीले लोकान्तरसँग भने, ‘घटना कसरी घट्यो ? आन्दोलन किन र केको लागि थियो ? लगायत विषयवस्तुमा रही हामी छानविन गरिरहेका छौं । हामी छानविनको क्रममा अझै फिल्डमै छौ । साथै प्रतिवेदन लेखनको अन्तिम तयारीमा समेत पुगेका छौं ।’

तोकिएकै समयमा प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने समेत संयोजक मैनालीले बताए । तर, अपराधी पत्ता लगाउने जिम्मेवारी भने प्रहरीकै रहेको उनको भनाई थियो । समितिको म्याद भदौ २२ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल