राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

 

संविधानले नेपाली नागरिकलाई  विनारोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको दाबी समेत उनले गरे । उनले भने– ‘संविधानभन्दा माथि कोही पनि हुँदैन ।

 

संविधानको उल्लंघन गर्ने सरकारको औचित्य छैन । म यहीबाट राजीनामा माग्छु । हामीले उहाँलाई राजा बनाएको होइन, प्रधानमन्त्री बनाएको हो । संविधानको उल्लंघन गर्न बनाएको होइन ।’

 

सरकार स्वइच्छाचारी  र निरंकुश बन्दै गइरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । उनले भने– ‘बाँके निवासीले बद्रियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ । सरकारले कस्टडीमा लिन्छ ।

 

सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धित पुलिस अफिसरलाई पनि कारवाही हुनुपर्छ । यसको न्यायिक छानविन समिति गठन गरियोस् ।’

 

मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उनले कानुनअनुसार चल्न सरकारलाई चेतावनी दिए ।

 

उनले भने– ‘कस्तो संविधानको ? कस्तो सरकारको अभ्यास गर्दैछौ ? वास्तवमा सरकार लोकतान्त्रिक होकि होइन ? सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन ?’

 

उनले सरकार र विचौलियाबीच मिलेमतो भएका कारण उखु किसानले उखुको मूल्य नपाएको आरोप लगाए ।  बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।

 

शंकाष्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...