एकल अध्यक्ष बन्न यस्तो छ प्रचण्डको कसरत, भारत भ्रमणपछि नेकपाको राजनीति चेन्ज हुने संकेत



हाम्रो इकोनोमि

 

प्रचण्ड यतिमा मात्र सीमित देखिएनन्, उनी छिमेकी मित्रराष्ट्र भारतको एकलौटी सद्भाव प्राप्त गर्ने र सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव) लाई पार्टीमा मिलाएर आफ्ना निम्ति अझै अनुकूल परिस्थिति निर्माण गर्न पनि लागिपरेका छन् । भारतसँग समझदारी बढाउन प्रचण्ड यही भदौ २१ गते बिहीबार नयाँदिल्ली जाँदै छन् ।

 

फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव गत आइतबार (भदौ १७ गते) नै नयाँदिल्लीतर्फ प्रस्थान गरिसकेका छन् ।

 

नयाँदिल्लीमा दुई दिनसम्म चल्ने स्वास्थ्यसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादवसँग दिल्लीमै भेटेर विस्तृत एवम् निर्णायक वार्तालाप गर्ने योजना प्रचण्डको रहेको बुझिएको छ ।

 

एक सूत्रले जनाएअनुसार प्रचण्डले उपेन्द्र यादवलाई निर्धारित कार्यक्रम सकिएपछि पनि थप केही दिन दिल्लीमै रहन आग्रह गरेका छन् । प्रचण्डको आग्रहलाई स्वीकार गरे भने उपेन्द्र यादव भदौ २४ गतेसम्म नयाँदिल्लीमै रहनेछन् ।

 

भदौ २१ गते प्रचण्ड दिल्ली पुग्ने निश्चित भइसकेको छ र उनले त्यहाँ ‘साक्षी किनारामा कसैलाई राखेर’ यादवसँग विशेष समझदारी बनाउने योजना बनाएको बताइन्छ ।

 

नेकपाको आगामी महाधिवेशनभन्दा पहिले नै उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समेट्न सक्दा पार्टीभित्र आफ्नो पल्ला भारी हुने बुझाइ प्रचण्डको रहेको छ ।

 

विगतमा जे–जस्ता कमी–कमजोरी भएको भए पनि अब त्यसप्रकारका कुनै पनि कमजोरी दोहोरिन नदिने र भारतसँग समझदारी बनाएर अघि बढ्ने सन्देश यसअघि नै प्रचण्डले विमलेन्द्र निधिमार्फत नयाँदिल्लीलाई दिएको भन्ने चर्चा दिल्लीमा यतिबेला व्याप्त भएको छ ।

२१ अगस्टमा भारतको प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्समा प्रशान्त झाले एक सामग्री प्रकाशित गर्दै प्रचण्डद्वारा दिल्लीलाई पठाइएको सन्देशबारे खुलासा गरेका छन् ।

 

झाले लेखेका छन्, ‘प्रधानमन्त्री रहेका बेला तात्कालिक गृहमन्त्री एवम् आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डले आफूलाई खुला राजनीतिको अनुभव नभएकोले विगतमा कैयन गल्ती भएको र अब भविष्यमा त्यसप्रकारका गल्ती–कमजोरी दोहोरिन नदिन सचेत रहने सन्देश दिएका थिए ।

 

’ यसपटकको भारत भ्रमणको क्रममा यसैअनुरूप सन्देश दिँदै प्रतिबद्धता जनाउने र भारतको विश्वास पुनः प्राप्त गर्ने योजनामा प्रचण्ड रहेको बताइएको छ । भनिन्छ, उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समाहित गराउनसमेत प्रचण्डले भारतको साथ खोजेका छन् ।

 

आफ्नो यस अभियानमा सफलता प्राप्त भए तत्काल यादवसँग पार्टी एकीकरणको प्रक्रिया शुरु गर्ने सोच प्रचण्डले बनाएका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने प्रचण्डले उपेन्द्र यादवलाई पार्टीमा भित्र्याउन सके ‘सरकार मजबुत हुने र काम गर्न सजिलो हुने’ तर्क दिँदै आएका छन् ।

 

सरकार बलियो र स्थिर रहने कुराले केपीलाई प्रभावित गर्ने भएकोले प्रचण्डले त्यसप्रकारको तर्क दिँदै उपेन्द्र यादवसँगको एकीकरण प्रक्रियामा केपीको साथ–सहयोग प्राप्त गर्ने प्रयास गरेको बुझिन्छ । तर, प्रचण्डले जसलाई जे तर्क दिए पनि उनी नेकपाको एकलौटी अध्यक्ष बन्ने कुरामा मात्र केन्द्रित छन् । प्रचण्डको यस्तो योजनामा केपीको साथ कुन हदसम्म रहने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।

प्रचण्डले किन छोट्याए भारत भ्रमण ? यस्तो छ कारण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् ।

पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् ।

प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते र्फकने तय भएको थियो ।

तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् ।

उनी २३ गते नै स्वदेश र्फकने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...