एकल अध्यक्ष बन्न यस्तो छ प्रचण्डको कसरत, भारत भ्रमणपछि नेकपाको राजनीति चेन्ज हुने संकेत



 

प्रचण्ड यतिमा मात्र सीमित देखिएनन्, उनी छिमेकी मित्रराष्ट्र भारतको एकलौटी सद्भाव प्राप्त गर्ने र सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव) लाई पार्टीमा मिलाएर आफ्ना निम्ति अझै अनुकूल परिस्थिति निर्माण गर्न पनि लागिपरेका छन् । भारतसँग समझदारी बढाउन प्रचण्ड यही भदौ २१ गते बिहीबार नयाँदिल्ली जाँदै छन् ।

 

फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव गत आइतबार (भदौ १७ गते) नै नयाँदिल्लीतर्फ प्रस्थान गरिसकेका छन् ।

 

नयाँदिल्लीमा दुई दिनसम्म चल्ने स्वास्थ्यसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादवसँग दिल्लीमै भेटेर विस्तृत एवम् निर्णायक वार्तालाप गर्ने योजना प्रचण्डको रहेको बुझिएको छ ।

 

एक सूत्रले जनाएअनुसार प्रचण्डले उपेन्द्र यादवलाई निर्धारित कार्यक्रम सकिएपछि पनि थप केही दिन दिल्लीमै रहन आग्रह गरेका छन् । प्रचण्डको आग्रहलाई स्वीकार गरे भने उपेन्द्र यादव भदौ २४ गतेसम्म नयाँदिल्लीमै रहनेछन् ।

 

भदौ २१ गते प्रचण्ड दिल्ली पुग्ने निश्चित भइसकेको छ र उनले त्यहाँ ‘साक्षी किनारामा कसैलाई राखेर’ यादवसँग विशेष समझदारी बनाउने योजना बनाएको बताइन्छ ।

 

नेकपाको आगामी महाधिवेशनभन्दा पहिले नै उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समेट्न सक्दा पार्टीभित्र आफ्नो पल्ला भारी हुने बुझाइ प्रचण्डको रहेको छ ।

 

विगतमा जे–जस्ता कमी–कमजोरी भएको भए पनि अब त्यसप्रकारका कुनै पनि कमजोरी दोहोरिन नदिने र भारतसँग समझदारी बनाएर अघि बढ्ने सन्देश यसअघि नै प्रचण्डले विमलेन्द्र निधिमार्फत नयाँदिल्लीलाई दिएको भन्ने चर्चा दिल्लीमा यतिबेला व्याप्त भएको छ ।

२१ अगस्टमा भारतको प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्समा प्रशान्त झाले एक सामग्री प्रकाशित गर्दै प्रचण्डद्वारा दिल्लीलाई पठाइएको सन्देशबारे खुलासा गरेका छन् ।

 

झाले लेखेका छन्, ‘प्रधानमन्त्री रहेका बेला तात्कालिक गृहमन्त्री एवम् आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डले आफूलाई खुला राजनीतिको अनुभव नभएकोले विगतमा कैयन गल्ती भएको र अब भविष्यमा त्यसप्रकारका गल्ती–कमजोरी दोहोरिन नदिन सचेत रहने सन्देश दिएका थिए ।

 

’ यसपटकको भारत भ्रमणको क्रममा यसैअनुरूप सन्देश दिँदै प्रतिबद्धता जनाउने र भारतको विश्वास पुनः प्राप्त गर्ने योजनामा प्रचण्ड रहेको बताइएको छ । भनिन्छ, उपेन्द्र यादवलाई कम्युनिस्ट पार्टीमा समाहित गराउनसमेत प्रचण्डले भारतको साथ खोजेका छन् ।

 

आफ्नो यस अभियानमा सफलता प्राप्त भए तत्काल यादवसँग पार्टी एकीकरणको प्रक्रिया शुरु गर्ने सोच प्रचण्डले बनाएका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने प्रचण्डले उपेन्द्र यादवलाई पार्टीमा भित्र्याउन सके ‘सरकार मजबुत हुने र काम गर्न सजिलो हुने’ तर्क दिँदै आएका छन् ।

 

सरकार बलियो र स्थिर रहने कुराले केपीलाई प्रभावित गर्ने भएकोले प्रचण्डले त्यसप्रकारको तर्क दिँदै उपेन्द्र यादवसँगको एकीकरण प्रक्रियामा केपीको साथ–सहयोग प्राप्त गर्ने प्रयास गरेको बुझिन्छ । तर, प्रचण्डले जसलाई जे तर्क दिए पनि उनी नेकपाको एकलौटी अध्यक्ष बन्ने कुरामा मात्र केन्द्रित छन् । प्रचण्डको यस्तो योजनामा केपीको साथ कुन हदसम्म रहने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।

प्रचण्डले किन छोट्याए भारत भ्रमण ? यस्तो छ कारण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् ।

पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् ।

प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते र्फकने तय भएको थियो ।

तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् ।

उनी २३ गते नै स्वदेश र्फकने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल