संघीय समाजवादी पार्टीमा अध्यक्ष र सहअध्यक्ष बिच कचकच, यादवलाई लगाए यस्तो गम्भिर आरोप



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी अध्यक्ष र पार्टीका उनी निकट कार्यकर्तामाथि गम्भिर आरोप लगाएका छन्।

 

सहअध्यक्ष श्रेष्ठले धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘धृतराष्ट्र प्रवृत्ति’ अध्यक्ष यादवमा हावी भएको र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ कार्यकर्तामा हावी भएको आरोप लगाएका छन्।

 

काठमाडौँको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक भेलामा उनले दुबै प्रवृती घातक भएकाले त्यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाएर मात्र सच्चा सङ्घवादी र समाजवादी पार्टी बन्न सक्ने भन्दै कांग्रेस र कम्युनिष्टभन्दा फरक नयाँ ढङ्गको पार्टी निर्माण हुने बताए।

 

नेपालमा सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन रहेको बताएका छन्।  नेपालमा सात दशक अगाडीदेखि नै नेपाली काङ्ग्रेसले लोकतन्त्र र समाजवादको वकालत गरेको र कम्युनिष्ट पार्टीले पनि जनताको जनवाद र समाजवादकै वकालत गरेको बताउँदै समाजवाद र

 

लोकतन्त्रका लागि मात्र हो भने सङ्घीय समाजवादी फोरम स्थापनाको औचित्यता नरहने बताए। आफ्नै पार्टीको अस्तित्वमा प्रश्न उठाएका श्रेष्ठले समाजवादका लागि कांग्रेस र कम्युनिष्ट पार्टी भए पुग्ने बताए ।

 

नेता श्रेष्ठले आफ्नो पार्टीको स्थापना उत्पीडित राष्टियताहरूको मुक्तिका लागि सङ्घवादका सिद्धान्तहरूको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक समावेशी लोकतन्त्र, जातीय समानता र सहअस्तित्वलाई जोड दिँदै बहुराष्ट्रियतामा आधारित सङ्घीय समाजवाद स्थापनाका लागि भएको बताए ।

 

उनले पार्टीका नेता कार्यकर्ताहरूमा पार्टीको विचारभन्दा नेताहरूको फोटो प्रचार गर्ने पूँजीवादी शैली हुर्केको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...