संघीय समाजवादी पार्टीमा अध्यक्ष र सहअध्यक्ष बिच कचकच, यादवलाई लगाए यस्तो गम्भिर आरोप



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी अध्यक्ष र पार्टीका उनी निकट कार्यकर्तामाथि गम्भिर आरोप लगाएका छन्।

 

सहअध्यक्ष श्रेष्ठले धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘धृतराष्ट्र प्रवृत्ति’ अध्यक्ष यादवमा हावी भएको र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ कार्यकर्तामा हावी भएको आरोप लगाएका छन्।

 

काठमाडौँको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक भेलामा उनले दुबै प्रवृती घातक भएकाले त्यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाएर मात्र सच्चा सङ्घवादी र समाजवादी पार्टी बन्न सक्ने भन्दै कांग्रेस र कम्युनिष्टभन्दा फरक नयाँ ढङ्गको पार्टी निर्माण हुने बताए।

 

नेपालमा सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन रहेको बताएका छन्।  नेपालमा सात दशक अगाडीदेखि नै नेपाली काङ्ग्रेसले लोकतन्त्र र समाजवादको वकालत गरेको र कम्युनिष्ट पार्टीले पनि जनताको जनवाद र समाजवादकै वकालत गरेको बताउँदै समाजवाद र

 

लोकतन्त्रका लागि मात्र हो भने सङ्घीय समाजवादी फोरम स्थापनाको औचित्यता नरहने बताए। आफ्नै पार्टीको अस्तित्वमा प्रश्न उठाएका श्रेष्ठले समाजवादका लागि कांग्रेस र कम्युनिष्ट पार्टी भए पुग्ने बताए ।

 

नेता श्रेष्ठले आफ्नो पार्टीको स्थापना उत्पीडित राष्टियताहरूको मुक्तिका लागि सङ्घवादका सिद्धान्तहरूको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक समावेशी लोकतन्त्र, जातीय समानता र सहअस्तित्वलाई जोड दिँदै बहुराष्ट्रियतामा आधारित सङ्घीय समाजवाद स्थापनाका लागि भएको बताए ।

 

उनले पार्टीका नेता कार्यकर्ताहरूमा पार्टीको विचारभन्दा नेताहरूको फोटो प्रचार गर्ने पूँजीवादी शैली हुर्केको बताए ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...