कतारमा अनिल चाैधरीलाई फाँसी हुने



 

 

कतारी नागरिकलाई हत्या आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएकोे परिवारजनले बताएका छन् ।

२० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि मुद्दामा बहस सुरु नभएको अनिलका बुवा श्यामकिशोर चौधरीले बताए ।

चार वर्षअघि वैदेशिक रोजगारीको क्रममा अनिल कतार गएका थिए । घर फर्किन चार महिना बाँकी छँदा एक कतारी नागरिकको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

 

कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतार जान राहदानी बनाएँ’, अनिलका बुवा श्यामकिशोरले भने, ‘तर, सरकारले भिसा उपलब्ध गराइदिएन ।’ उनले पीडित परिवारसँग छोरा बचाउन माफी वा ब्लड मनीको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए ।

‘काठमाडौं आउँदा जाँदा साढे तीन लाख ऋण सकिइसक्यो’, उनले भने, ‘भगवान्को मञ्जुर भए छोरा जिउँदै फर्किन्छ । एक मात्र छोरो फर्कादिन उनले सरकारसँग आग्रह गरेका छन् ।

छोरोलाई फाँसीको सजाय सुनाइएपछि अनिलकी आमा २० महिनादेखि शोकमा डुबेकी छन् । दिनहुँ छोरो सम्झेर उनी रुन्छिन् । घरमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँ, समाज सबै चिन्तामा छन् ।

‘कमाएर खुवाउने एउटै छोरो थियो । बुढेसकालको सहाराको लठ्ठी ऊ नै थियो’, अनिलका बुवा श्यामकिशोरले रुँदै भने । डेढ लाख ऋण गरेर छोरालाई कमाउन विदेश पठाएका उनीसँग दुई धुर घडेरी र सात कठ्ठा खेत मात्रै छ ।

कोमल इन्टरनेसनल सर्भिस प्रालिमार्फत अनिल २०१५ अगस्ट २७ मा कतार गएका थिए । कार वास कम्पनीमा समान्य कामदारका रूपमा काम गर्दैै आएका उनी कतारी नागरिक हत्या आरोपमा सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल