सुत्केरीको मृत्युपछि तनाव, डुबेर दुई बालकको मृत्यु, बलात्कारीलाई बाह्र वर्ष जेल



 

सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ ।

याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

 

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ ।

 

स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने

बताउनुभयो । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

डुबेर दुई बालकको मृत्यु

पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

 

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

बलात्कारीलाई बाह्र वर्ष जेल

जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

 

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

 

किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।

चट्याङबाट एकको मृत्यु

माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो ।

 

योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।

बेचबिखनविरुद्ध प्रभातफेरी

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यस क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताउनुभयो ।

 

‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग गर्नुभयो । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा समापन गरिएको थियो ।

स्वास्थ्यकर्मी आन्दोलनमा

महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो ।

 

गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताउनुभयो ।

 

गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि २०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति भएको थियो । स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो ।

उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरुले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल