भन्सारका प्रमुखहरुको सरुवामा को कता : तस्करीको साम्राज्य चलाउनेहरुलाई उन्मुक्ति ?



 

अर्थमन्त्रालयले देशका मुख्य भन्सार कार्यालयहरुका प्रमुखको सरुवा गर्ने भएको छ । भैरहवा, बीरगंज जस्ता भन्सार कार्यालयका प्रमुखहरुको २ बर्ष अवधि पूरा भइसकेको छ । बीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलको त ३ बर्ष नै भइसकेको छ ।

 

रसुवा र बिराटनगरका क्रमशः गोपाल कोइराला र मिमांस अधिकारीको १ बर्षमात्र भएको छ । कोइरालाको सरुवा भएको १ बर्ष बढी भए पनि उनले काम गर्न थालेको एक बर्षमात्र भएको छ ।

अर्थ मन्त्रालयले उपसचिवहरु मदन दाहाललाई बिराटनगर, पुण्यविक्रम खड्कालाई रसुवा, कमल भट्टराई भैरहवा र रामप्रसाद रेग्मी का“कडभित्तामा पठाउने तयारी गरेको स्रोत बताउछ । बीरगंज भन्सारमा तय भइनसके पनि नारायण शर्माको चर्चा छ ।

 

कृष्णबहादुर महरा अर्थमन्त्री हु“दा भैरहवा भन्सारमा सरुवा भएका हुन् भूपाल शाक्य । महराकै पालामा सरुवा भए पनि गोपाल कोइराला भने शेरबहादुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालामा मात्र हाजिर भएका हुन् ।

 

बीरगंजका भन्सार प्रमुख सेवन्तक पोखरेल आफ्नो समूहका शाखा अधिकृतभन्दा पहिला नै उपसचिव बढुवा भएर बीरगंज पदस्थापना हुने शक्तिशाली ब्यक्ति हुन् । उनी राजस्व सचिव शिशिर ढुंगानाका प्रियपात्र मानिन्छन् । त्यसो त मदन दाहाल, पुण्यविक्रम खड्का र रामप्रसाद रेग्मी पनि सचिव ढुंगानाकै निकट उपसचिवका रुपमा चिनिन्छन् ।

तस्करीको साम्राज्य चलाउनेहरुलाई उन्मुक्ति ? 

भैरहवा भन्सार र बिराटनगर भन्सारबाट एक बर्षअघि तस्करीको साम्राज्य नै चलाइएको थियो । भैरहवा र कृष्णनगर भन्सारका चर्चित तस्कर समशेर मिया“ले भन्सार हातामा सामान नै नल्याई सीधै पास गराउ“दैआएका थिए । नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेताहरु बर्षमान पुन र कृष्णबहादुर महराको नाममा भैरहवा भन्सारका प्रमुख भूपाल शाक्य र भन्सार अधिकृत मानप्रसाद विकले खुलेआम भन्सार छलीका सामान पार गराउ“दैआएको आरोप लागेको थियो ।

 

भैरहवा भन्सारबाट २०७४ साउन २६ गते एउटा गाडीको भन्सार महशुल तिरेको प्रज्ञापनपत्रबाट अर्को गाडी सामान आयात गरेको पाइएपछि तस्करीको खुलासा भएको थियो ।

 

भैरहवा भन्सार कार्यालयबाट चेकजा“च गरी छुटेको ना ४ ख ४१२६ नम्बरको ट्रकको प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी भन्सार चेकजा“च गरी बाहिरी सकेको थियो । तर सोही प्रज्ञापनपत्रमा २०७४ साउन २६ गते मनकामना इन्टरनेशनलको नाममा भैरहवा भन्सारबाट छाडिएको दसचक्के ट्रक शंका लागेपछि पुनः बाहिरबाट भन्सारमा लगी चेकजा“च गर्दा ट्रकमा लाखौंको अवैध समान समेत भेटिएको थियो ।

एक बर्षदेखि यसरी सेटिङमा तस्करी गर्दैआए पनि २०७४ साउन २६ गते यसको भण्डाफोर भएको थियो । यसरी भैरहवा भन्सार कार्यालयले प्रज्ञापनपत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप्स २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरी छोडेको ट्रकको प्रज्ञापनपत्रको नक्कल गरी अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिएपछि यो रहस्य बाहिर आयो

। भन्सार चेक गरी छोडेको ना ६ ख ५६३५ नम्बरको ट्रकले गरेको भन्सार महशुल तिरेको प्रज्ञापनपत्रलाई नक्कली बनाएर ना ४ ख ४१२६ नम्बरको ट्रक पनि छोडिएको थियो ।

तत्कालीन अर्थमन्त्री महरा र नेता बर्षमान पुनको नाम लिंदै भन्सारका प्रमुख भूपाल शाक्य र अधिकृत मानप्रसाद विकले राजस्व अनुसन्धान विभागसम्म कर्मचारी सेटिङ गरेका थिए । तिनै कर्मचारीमार्फत् भैरहवा भन्सार कार्यालयबाट नक्कली प्रज्ञापनपत्रका आधारमा तस्करी तस्करी हु“दैआएको थियो । जसमा भन्सार प्रमुख भूपाल शाक्य र भन्सार अधिकृत मानप्रसाद विकको मुख्य भूमिका रहेको आरोप लागे पनि कुनै कारबाही भएन ।

 

भन्सार अधिकृत विकलाई केही दिन भन्सार विभागमा तान्ने बाहेक ग्रेडरोक्का र सचेतसम्म नगराएपछि तस्कर प्रोत्साहित भएर भन्सारबाट हुने चोरी तस्करी झन् बढ्न पुगेको थियो । भैरहवा भन्सार आसीकुडा लागू भएको भन्सार कार्यालय हो ।

 

आसीकुडा लागू भएका भन्सार कार्यालयबाट आयात भएका सामानको विवरण र प्रज्ञापनपत्र भन्सार विभाग र अर्थमन्त्रालयबाट पनि हेर्न सकिन्छ । भन्सारबाट सामान आयात गर्दा राजस्व दाखिला भए नभएको भन्सार विभाग र अर्थमन्त्रालयले सर्भरबाट हेर्न मिल्छ ।

 

भन्सार विभागको वानले सबै नाकाबाट आयात भएको सामानको जा“चपास भएको भिजुअल समेत हेर्न मिल्छ । एउटै प्रज्ञापनपत्रबाट दुई पटक सामान आयात गरेको वानले किन देखाएन ? त्यो प्रविधि भएकाले तस्करीमा भन्सार विभाग र अर्थमन्त्रालयसमेत जोेडिने भएपछि भन्सार प्रमुख शाक्य र अधिकृत विकलाई कुनै कारबाही नै नगरी उन्मुक्ति दिइएको थियो ।

अढाई बर्षअघि पनि शाक्य कैलालीको धनगढी भन्सार कार्यालयको निमित्त प्रमुख हुँदा घुुुस खाएर यसैगरी नक्कली प्रज्ञापनपत्रको आधारमा भन्सारछली गरेका १० वटा ट्रक सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

यसैगरी बिराटनगर भन्सारका प्रमुख मिंमास अधिकारीले सरुवा भएको ६ महिनाभन्दा बढी समयसम्म न्यून बिजकीकरणा गरी ब्रान्डेड सामानहरुलाई कमसल सामान भनी करोडौं रुपैया“ राजस्व मार्ने काम गरेको आरोप लाग्दैआएको छ ।

बिराटनगर भन्सारमा अधिकारी प्रमुख भएपछिको ६ महिनाको तथ्यांक हेर्ने हो भने बीसौं करोड राजस्व छली भएको खुलासा हुनेछ । भन्सार कार्यालय बिराटनगरबाट हुने तस्करीमा बारेमा भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, इटहरी कार्यालय, पथलैयासमेतमा यसअघिका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेटिङमा काम गर्दै आएका थिए ।

 

अर्थमन्त्री खतिवडाले भन्सारमा न्यून बिजकीकरणको समस्या धेरै रहेको र कतिपय अवस्थामा सरकारले तयार गरेको सन्दर्भ मूल्यभन्दा पनि कममा सामान छुट्ने गरेको गुनासा आएकाले अबदेखि यस्तो गरेको पाइए कडा कारबाही हुने चेतावनी दिएपछि मात्र बिराटनगरबाट हुने भन्सारछलीमा सामान्य कमी आएको स्रोत बताउ“छ ।

बिराटनगर भन्सारबाट भित्रिने सामानमा २५ प्रतिशतमात्र शुल्क असुल्ने र ७५ प्रतिशत भन्सार छली गर्ने गरिएको थियो । स्रोतका अनुसार बिराटनगर भन्सारबाट एउटा कन्टेनरमा ब्यापारीले ६५ हजारदेखि ८५ हजार डलर बराबरको सामान ल्याए पनि ८ हजारदेखि बढीमा १५ हजार रुपैया“को मात्र भन्सार तिरी भित्र्याउने गरेका थिए । बढीमा १५ हजार डलरको भन्सार तिरेर ६५ हजार डलरको सामान विनाभन्सार आयात गरी देशलाई करोडौं रुपैया“ राजस्व मार्ने काम ब्यापारी र कर्मचारीको मिलेमतोमा बिराटनगर भन्सारमा हुने गरेको थियो ।

बिराटनगर भन्सारमा ब्यापारीले ठूला मानिसले लगाउने पाइन्ट ल्याएको छ भने प्रज्ञापनत्रमा इलाष्टिक पाइन्ट र कट्टु लेखी भन्सार छली गर्दैआएका थिए । प्रायः सबै सामान बेबी भनेर भित्र्याउने गरेका थिए । ठूला मानिसले लगाउने स्पोर्ट जुत्ताको प्रतिजोर ४ डलर तिर्नुपर्छ तर बेबी भनेर १.५० डलरमात्र तिर्दै भित्र्याउने गरेका थिए ।

भूकम्पपछि तातोपानी नाका बन्द भयो, रसुवामा पनि सडकका कारण महिनौं डिष्टर्ब भयो र बीरगंज नाकामा मधेश आन्दोलन र नाकाबन्दीका कारण कारोबार भएन ।

सबै चिनिया“ सामान बिराटनगर भन्सारबाटै आयात हुन थालेको थियो । त्यस समयका भन्सारप्रमुख कृष्णबहादुर बस्नेत र उनीपछिका मिमांस अधिकारीले ब्रान्डेड सामान पनि न्यून बिजकीकरण गरी ट्रकका ट्रक पास गराएका थिए । यसरी भन्सारमा न्यून बिजकीकरण गर्नेदेखि कीर्ते प्रज्ञापनपत्रमा सामान आयात गर्न दिने भन्सार प्रमुखदेखि अधिकृत र जा“चकीहरु कसैलाई पनि कारबाही त भएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जनका बारेमा छानबिन गरे दण्डहीनताले प्रश्रय नपाउने अपेक्षा सबैले गरेका छन् । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल