प्रधानमन्त्रीले नदी नियन्त्रण स्वस्थानी व्रतकथाको जादू जस्तो होइन भनेपछि सांसद हाँसेर ‘डल्लो’ परे



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको जनचासो तथा समस्याका विषयमा ठट्यौलो जवाफ दिएका छन् ।

 

 मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले बाढी, पहिरोपीडितबारे कुरा उठाएका थिए । तर, प्रधानन्त्रीले मन्तव्यको अन्तिममा विषय छोए जस्तो गरे । ठट्टामै जवाफ दिए । उनको जवाफ सुनेर सांसदहरु हाँसेर डल्लो परे ।

 

उनले भने, ‘बाढीको कुरा जो छ । हो, खोला नियन्त्रण गर्न सकिएको छैन । यी खोलाहरु यो सरकारले ६ महिनामा ल्याएको पनि होईन । अहिले भएको पनि होईन । हामी प्रयास गर्दैछौँ ।’ नदी नियन्त्रण होस् । नदी नियन्त्रण गरौँ । ओलीले यत्ति भन्दा सांसदहरु हाँसेर डल्लो परे ।

 

ओली अगाडि भन्दै गए । जन्ताले दुःख नपाउन् । अहिले हामी उद्धारका कामहरु, राहतका कामहरुमा केन्द्रीत भएका छौँ । म माननीय ज्यूहरुलाई भन्न चाहन्छु, ओलीले भने, ‘सरकार अत्यन्त संवेदनशील छ ।

 

नेपाली जनताका कठिनाईप्रति, दुःखहरुप्रति, भएका क्षतिहरुप्रति ।’ त्यसकारण हामी अत्यन्तै जिम्मेवारीपनका साथ जनतालाई राहत दिने र उद्धार गर्ने काममा लागेको छौँ ।

 

उनले अगाडि भनेका छन्, ‘मैले भनेको छु अर्को कुरा । असुरक्षित बस्तीहरुलाई सुरक्षित र एकीकृत बस्तीमा परिणत गर्ने योजनातर्फ सरकार जाँदैछ ।’ तर, त्यो स्वस्थानी व्रतकथाको जादू होइन । यस्सो…. (हाउभाउसहित)… खोलेर हेर्दा महल तयार हुने । यो त हामीले गर्नुपर्छ, उनले भने । गर्ने उद्देश्यका साथ हामी अघि बढिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...