प्रधानमन्त्रीले नदी नियन्त्रण स्वस्थानी व्रतकथाको जादू जस्तो होइन भनेपछि सांसद हाँसेर ‘डल्लो’ परे



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको जनचासो तथा समस्याका विषयमा ठट्यौलो जवाफ दिएका छन् ।

 

 मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले बाढी, पहिरोपीडितबारे कुरा उठाएका थिए । तर, प्रधानन्त्रीले मन्तव्यको अन्तिममा विषय छोए जस्तो गरे । ठट्टामै जवाफ दिए । उनको जवाफ सुनेर सांसदहरु हाँसेर डल्लो परे ।

 

उनले भने, ‘बाढीको कुरा जो छ । हो, खोला नियन्त्रण गर्न सकिएको छैन । यी खोलाहरु यो सरकारले ६ महिनामा ल्याएको पनि होईन । अहिले भएको पनि होईन । हामी प्रयास गर्दैछौँ ।’ नदी नियन्त्रण होस् । नदी नियन्त्रण गरौँ । ओलीले यत्ति भन्दा सांसदहरु हाँसेर डल्लो परे ।

 

ओली अगाडि भन्दै गए । जन्ताले दुःख नपाउन् । अहिले हामी उद्धारका कामहरु, राहतका कामहरुमा केन्द्रीत भएका छौँ । म माननीय ज्यूहरुलाई भन्न चाहन्छु, ओलीले भने, ‘सरकार अत्यन्त संवेदनशील छ ।

 

नेपाली जनताका कठिनाईप्रति, दुःखहरुप्रति, भएका क्षतिहरुप्रति ।’ त्यसकारण हामी अत्यन्तै जिम्मेवारीपनका साथ जनतालाई राहत दिने र उद्धार गर्ने काममा लागेको छौँ ।

 

उनले अगाडि भनेका छन्, ‘मैले भनेको छु अर्को कुरा । असुरक्षित बस्तीहरुलाई सुरक्षित र एकीकृत बस्तीमा परिणत गर्ने योजनातर्फ सरकार जाँदैछ ।’ तर, त्यो स्वस्थानी व्रतकथाको जादू होइन । यस्सो…. (हाउभाउसहित)… खोलेर हेर्दा महल तयार हुने । यो त हामीले गर्नुपर्छ, उनले भने । गर्ने उद्देश्यका साथ हामी अघि बढिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...