आफ्नै आमा बलात्कार गर्ने छाेरालार्इ जन्मकैद



आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७ वर्षीय आकाश (परिवर्तित नाम ) लाई जन्मकैदको फैसला भएको हो।

 

आफ्नै जन्मदिने आमालाई बलत्कार गर्ने आकाशलाई जन्मकैद सहित २७ वर्षको कैद फैसला भएको हो।

 

जवरजस्ति करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेकोमा हाडनाता तर्फ जन्मकैदको फैसला भएको जिल्ला अदालतका सुचना अधिकारी मणिराम पोखरेलले बताए।

जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला गरेको हो।

 

अभियुक्त आकाशले ६२ वर्षिय आमालाई पटकपटक बलात्कार गर्दै आएका थिए। आफ्नै छोराले पटकपटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन।

 

गाउँपालिकाले प्रहरीमा पठाएपछि प्रहरीले अाकाशलार्इ प्रक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको थियो। आमाको पहिचान खुल्ने भएका कारण छोराको नाम भने खुलार्इएकाे छैन।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल