पाँचवटा रेडपान्डासहित राजधानीबाट दुईजना पक्राऊ



 

 

प्रहरीले काठमाडौँबाट दुर्लभ वन्यजन्तु रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ । राजधानीको चाबहिलबाट टुकुचातर्फ लाँदै गरेको अवस्थामा सोलुखुम्बु निवासी दुईजनाबाट प्रहरीले पाँचवटा रेडपान्डा जीवितै बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लका अनुसार गम्भीर अवस्थामा जीवितै समातिएका ती रेडपान्डा मरिसकेका छन् । ती रेडपान्डालाई सोलुखुम्बुबाटै ल्याइएको हुन सक्ने आशंका मल्लले गरे । अनुसन्धान भइरहेकाले पक्राउ परेका दुईजनाको नाम खुलिनसकेको उनले बताए ।

मल्लका अनुसार बरामद गरिएका रेडपान्डा बयस्क अवस्थाका छन् । यसअघिको समयमा रेडपान्डाका छालामात्रै बरामद हुने गरेका थिए । सम्भवत पहिलो पटक जीवितै रेडपान्डा प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल