ओलीले बिम्स्टेक घोषणापत्रको बुँदा अंग्रेजीमा सांसदमा सुनाउँदा नबुझेर सांसद भए ट्वाँ



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनले क्षेत्रीय कुटनीतिमा नेपालको क्षमता बढेको र अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा बढेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै ओलीले काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबारे जानकारी दिए ।

 

बिम्स्टेको चौथो शिखर सम्मेलनले एउटा स्पष्ट दिशा निर्देश गरेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने, ‘यो अंश,, यो १ नम्बर बुँदामा लेखिएको मौलिकप्रति अंग्रेजीमा जस्ताको त्यस्तै यस गरिमामय सदनमा कन्फ्यूजन नहोस् भनेर सुनाउन चाहन्छु ।’

 

उनले पहिलो बुँदा अंग्रेजीमा जस्ताको त्यस्तै पढेर सुनाए । सांसदहरु ट्वाँ परे । उनले अंग्रेजीमा पढे । र, सकिएपछि नेपालीमा भने यो यति स्पष्ट छ, ‘सार्वभौम समानता, भौगोलिक अखण्डता, राजनीतिक स्वाधीनता, आन्तरिक मामिलामा अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सिद्धान्तलाई सम्मान गर्दै त्यसमाथि आधारित रहेर हाम्रा सम्बन्ध अघि बढ्नेछन् ।’ यो भन्दा प्रष्ट के हुन सक्छ ।

 

क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउँदै प्रधानमन्त्री ओलीले कनेक्टिभिटी, व्यापार, लगानीको विषयमा केन्द्रीत रहेर सन् २०३० सम्म बिम्स्टेक क्षेत्रको गरिबी अन्त्य गर्ने प्रतिवद्धता गरिएको सुनाए ।

 

यो एउटा जमघट मात्रै हो, यसपछि सबै सेलाउँछन् भन्ने गुनासो नसुनियोस् भनेर स्थायी कार्यकारी समिति बनाउने सहमति भएको र बिम्स्टेक चार्टर्डको मस्यौदा बनाउने जिम्मा दिईसकिएको जानकारी दिए ।

 

बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमार, श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा कुरा भएको र त्यसैलाई औपचारिक भ्रमणको रुप दिईएको ओलीले बताए ।

 

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हँुदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले बताए ।

 

सम्मेलन पछि रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको कुरा पनि प्रधानमन्त्री ओलीले सुनाए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ

 

।’ प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच अधिकतम रुपमा परिचालन भई छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...