बानेश्वरबाट हराएकी निक्कीलाई वीरगञ्जमा प्रहरीले भेट्यो



 

काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी १५ वर्षीय निक्कली पराजुली २० दिनपछि भेटिएकी छन् ।

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।

जोशीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको बताए । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् ।

‘साथीले जाउँ भनेकाले’ आफू त्यहाँ गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल