अब सहकारी संस्थाहरु ‘मर्ज’ हुने, यस्तो छ सरकारी तयारी



हाम्रो इकोनोमि

 

सरकारले अब देशभरका सहकारी संस्थाहरुको ‘मर्ज’ गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साना सहकारीलाई मर्जरमा लैजाने तयारी भइरहेको बताएकी छिन् ।

नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीको मापदण्ड तयार गरी गरिबी निवारणको मेरुदण्डको रुपमा विस्तार गरिने बताइन् । गरिबी निवारणको लागि गरिब परिचयपत्र दिएर मात्रै नहुने तर्क उनको थियो । उनले भनिन्, ‘गरिबी निवारणको लागि जतिसक्दो धेरै मानिसलाई रोजगारी दिनुपर्छ ।’

सहकारीले आम जनताको जीवनस्तर उकास्न प्रभावकारी भूमिका खेलेको उनले बताइन् । एक÷दुई वटा सहकारीले बद्मासी गरे भन्दैमा सबैलाई एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ थियो । हाल मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान ४ दशमलब ५ प्रतिशत रहेकामा आगामी ५ वर्षभित्र यस्तो हिस्सा १० प्रतिशत पुर्‍याउने उनले बताइन ।

नेपाल बचत तथा ऋण सहाकारी संघ (नेफ्सकुन) का अध्यक्ष डिबी बस्नेतले नेपालका सहकारीले दक्षिण एसियामै उत्कृष्ट काम गरेको दावी गरे । अध्यक्ष बस्नेतले दक्षिण एसियाका २३ उत्कृष्ट सहकारीमध्ये नेपालका २० वटा त्यसभित्र परेको बताए । हाल मुलुकमा ३४ हजार सहकारीमा ६४ लाख सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...