यी हुन् अचम्मका जनप्रतिनिधीहरू, जनताको करबाट मस्ती गर्दै



 

कर बढेको भनेर जनताले गुनासो गरिरहेका बेला जाजरकोटको छेडागाड नगरपालिकाले बिलासिताको गाडी खरिद गरेर मेयरले चढ्दै आएको खुलासा भएको छ । मेयरले नगरपालिकाको ८० लाख खर्च गरेर स्कारपियो गाडी खरिद गरेका छन् ।

यो नगरपालिकाले छ वटा मोटरसाइकल किनेर वडाध्यक्षहरूलाई बाँडेको छ । छेडागाडका कुनै वडामा मोटरबाटोको सुविधा छैन ।

बारेकोट गाँउपालिका कच्ची सडकले पनि जोडिएको छैन । यो गाउँपालिकाले दुईवटा मोटरसाइकल किनेको रहस्य बाहिरिएको छ । कुशे गाँउपालिकाले समेत दुई वटा बाइक खरिद गरेको अध्यक्ष हरिचन्द्र बस्नेतको भनाइ छ । भेरी नगरपालिकामा ३ वटा वडाध्यक्षले मोटरसाइकल चढ्ने गरेका छन् ।

शिवालय गाँउपालिकाले एउटा स्कारपियो जिप र १४ वटा बाइक खरिद गरेको छ । ९ वटा वडा रहेको गाँउपालिकाका ६ र ७ नम्बर वडामा अझै मोटरबाटो पुगेको छैन ।

शिवालय गाँउपालिकाले ५५ लाख रूपैयाँमा गाडी र ३२ लाखमा १४ वटा मोटरसाइकल गरी करिब ८७ लाख रूपैयाँ खर्चेको छ ।

स्कारपियो कारमा गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले चढ्ने गरेका छन् । एउटा मोटरसाइकल पनि शाहीले आफूसँगै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल