यी हुन् अचम्मका जनप्रतिनिधीहरू, जनताको करबाट मस्ती गर्दै



हाम्रो इकोनोमि

 

कर बढेको भनेर जनताले गुनासो गरिरहेका बेला जाजरकोटको छेडागाड नगरपालिकाले बिलासिताको गाडी खरिद गरेर मेयरले चढ्दै आएको खुलासा भएको छ । मेयरले नगरपालिकाको ८० लाख खर्च गरेर स्कारपियो गाडी खरिद गरेका छन् ।

यो नगरपालिकाले छ वटा मोटरसाइकल किनेर वडाध्यक्षहरूलाई बाँडेको छ । छेडागाडका कुनै वडामा मोटरबाटोको सुविधा छैन ।

बारेकोट गाँउपालिका कच्ची सडकले पनि जोडिएको छैन । यो गाउँपालिकाले दुईवटा मोटरसाइकल किनेको रहस्य बाहिरिएको छ । कुशे गाँउपालिकाले समेत दुई वटा बाइक खरिद गरेको अध्यक्ष हरिचन्द्र बस्नेतको भनाइ छ । भेरी नगरपालिकामा ३ वटा वडाध्यक्षले मोटरसाइकल चढ्ने गरेका छन् ।

शिवालय गाँउपालिकाले एउटा स्कारपियो जिप र १४ वटा बाइक खरिद गरेको छ । ९ वटा वडा रहेको गाँउपालिकाका ६ र ७ नम्बर वडामा अझै मोटरबाटो पुगेको छैन ।

शिवालय गाँउपालिकाले ५५ लाख रूपैयाँमा गाडी र ३२ लाखमा १४ वटा मोटरसाइकल गरी करिब ८७ लाख रूपैयाँ खर्चेको छ ।

स्कारपियो कारमा गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले चढ्ने गरेका छन् । एउटा मोटरसाइकल पनि शाहीले आफूसँगै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...