पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै फेला पारेपछि…



हाम्रो इकोनोमि

 

बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ ।

वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ गरेको हो । कविता केसी (नाम परिवर्तन)को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको थियो ।

कविता केसीका पतिले आफ्नी पत्नी र वडाध्यक्ष कृष्ण गुरुङलाई कोठाभित्र सँगै फेला पारेपछि प्रहरी बोलाएर रंगेहात पक्राउ गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठाभित्रै सँगै देखेपछि प्रहरी बोलाएर पक्राउ गराएको जानकारी दिए ।

‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच कुनै अनैतिक क्रियाकलाप गरेको नदेखिएपछि छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन’, एसपी रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’

कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको पतिले चालपाएपछि पिछा गरेका थिए । संयोगले आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...