बिप्लव र सिके राउतसँग वार्ताका लागि सरकारले ग¥यो आह्वान, तीन सदस्यीय वार्ता टोली गठन



सरकारले सशस्त्र समूहमा रहेका विभिन्न समूहरुसँग वार्ता गर्नका लागि बनाएको उच्चस्तरीय वार्ता टोली विभिन्न गृहकार्यमा जुटेको छ । उनीहरुलाई वार्तामा ल्याउन मौखीक रुपमा विभिन्न चरणमा छलफल अगाडि बढाइरहेको हो । जसको लागि वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले आफनो सक्रियता बढाउनुभएको छ ।

पाण्डेले मुलुकभर विभिन्न स्वरुपमा असन्तुष्टि जनाइरहेका विभिन्न ससस्त्र समूहसँग वार्ताका लागि गठित उच्चस्तरीय वार्ता टोलीले लिखित रुपमै पत्र पत्राएर वार्ताको लागि आह्रवान गर्ने बताउनुभएको छ ।

टोलीका संयोजक पाण्डेले पाल्पामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न वार्ताका लागि लिखतरुपमै आह्वान गर्ने क्रममा रहेको जानकारी गराउनुभएको हो ।

‘वार्ताका लागि विप्लव, गोइत, सिके राउतलगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट वार्ताको लागि आह्वान गर्ने क्रममा छौं,’ संयोजक पाण्डे भन्नुभयो, ‘हाल लाई तीन महिनामात्र अवधि पाएको उक्त टोलीले कामलाई प्रभावकारी बनाएर अघि बढने र तोकिएकै अवधिमा सहमति गरिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल