काँग्रेसले संयुक्त सैन्य अभ्यासबारे प्रधानमन्त्री ओलीसँग जवाफ माग्ने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले विमस्टेक राष्ट्रहरुले गर्ने भनिएको  संयुक्त सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ ।

 

कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् ।

 

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए ।

 

आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्नसमेत गरे । सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्वीकार गर्न नसकिने चेतावनी रिजालले दिएका छन् ।

 

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

 

नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिरसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...