सरकार बिरुद्ध भीम रावल, भने विम्स्टेकको संयुक्त सैन्य अभ्यास ठिक छैन



हाम्रो इकोनोमि

 

नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले विम्स्टेक वैठकमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

 

रिपोर्टर्स क्लबमा नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्र हित विपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको दाबी गरेका छन् ।

 

‘बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ’ उनले भने, ‘संविधानको हित विपरीत र पार्टीको नीति विपरीत कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरीत यसरी सरकारले निर्णय गर्नुले सकारात्मक सन्देश दिँदैन ।’

 

सरकारले राष्ट्रहितमा पनि असर पार्ने खालेको यो निर्णय विना छलफल हतारमा निर्णय गरेको नेता रावलले दावी गरे । ‘सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्‍यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’ उनले भने ।

 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताए ।

 

उनले पछिल्लो समय कांग्रेसले आˆनो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको दावी समेत गरे । ‘संसदमा १ चौथाई पनि संख्या नभएको कांग्रेसले जति भूमिका खेल्नुपथ्र्यो त्योभन्दा बढि खेलेको छ । तर सरकार गम्भीर बन्न सकेकेा छैन’ नेता रिजालले भने ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...