पहिरोसँगै खसेको ढुंगाले लागेर बैतडीमा दुई युवक घाइते



 

 

पहिरोसँगै भीरवाट खसेको ढुंगाले लागेर बैतडीमा मंगलवार दुई युवक घाइते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहको छ।

 

घाइते हुनेमा मेलौली नगरपालिका १ का १८ वर्षीय आनन्दसिंह नेगी र ३५ बर्षीय देवेन्द्रसिंह नेगी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

 

घाइतेमध्ये आनन्दको अवस्था गम्भीर रहेको छ।  गम्भीर घाइते आनन्दको  टाउकोमा गहिरो चोट रहेको प्रहरी प्रवक्ता जोशीले बताए।

गम्भीर घाइते आनन्दको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रेफर गरिएको छ भने देवेन्द्रको मेलौलीमै उपचार भइरहेको छ।

 

मंगलबार बिहान साढे ९ बजे घरबाट काँडाबजार बजार जाने बेला डेवराली भन्नेस्थानमा एक्कासि पहिरोसँगै खसेको  ढुंगा लागेर उनीहरु घाइते भएका स्थानीय लक्ष्मण पार्कीले बताए।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल