एनसेलको मुद्दाको पेशी न्यायाधीशकै इजलासमा तोकियो, सरकारले ६५ अर्ब रुपैयाँ लाभकर असुली गर्ने



 

बहुचर्चित एनसेलको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले न्यायाधीशद्वय डम्बर शाही र केदार चालिसेकोमा पेशी तोकेका छन् । निरजगोविन्द श्रेष्ठले दायर गरेको रिटमा यसअघि तत्कालीन न्यायाधीश हालका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदार चालिसेले नै मुनाफा विदेश लान दिनू भन्ने आदेश दिएका थिए ।

 

२०७४ पुस ९ मा मिश्र र चालिसेले एनसेलले पूँजीगत लाभकर नतिरे पनि मुनाफा विदेश लान अन्तरिम आदेश दिएका थिए । मंगलबार आजको पेशीमा तिनै चालिसेको इजलासमा एनसेलको पेशी तोकिएको छ ।

 

अन्तरिम आदेश दिने न्यायाधीशकै इजलासमा सामान्यतया पेशी तोक्ने प्रचलन छैन । तर कामु प्रधानन्यायाधीश मिश्रले एनसेलको रिटमा चालिसेसहित शाहीको इजलास तोकेका छन् । एनसेलको मुद्दामा अन्तरिम आदेश दिने न्यायाधीशकै इजलासमा आजको पेशी तोकिएपछि प्रधानन्यायाधीश मिश्रमाथि पनि नैतिक प्रश्न उठेको छ ।

सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । लाभकर नतिरी मुुनाफा विदेश लान नपाएपछि एनसेलका निरजगोविन्द श्रेष्ठले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

 

उक्त रिटमा मिश्र र चालिसेले मुनाफा विदेश लान पाउने आदेश दिएका थिए । जुन आदेशका कारण सरकारले ६५ अर्ब रुपैयाँ लाभकर असुली गर्न सकेको छैन । सर्वाेच्चको आदेशपछि लाभकर नतिरी एनसेलले २३ अर्ब रुपैयाँ विदेश लगिसकेको छ । जसका कारण नेपालका बैंकहरुमा चरम तरलता अभाव भयो । र, त्यसको असर अझै जारी रहेको छ । जसका कारण बैंकहरुले ऋणीहरुसँग चर्को ब्याज असुली गर्दैआएका छन् ।

मिश्र र चालिसेको संयुक्त इजलाशले २०७४ पुस ९ मा एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको थियो । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई बिक्री गरेकोे थियो भने नेपालीको २० प्रतिशत निरजगोविन्द श्रेष्ठले सतिसलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको सुनिभेरा क्यापिटललाई बिक्री गरेका थिए ।

कामु प्रधानन्यायाधीश मिश्रका विरुद्ध संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गरेको छ । त्यसको म्याद समाप्त आज हुँदैछ । एनसेलको लाभकरको बिषय निकै चर्चामा छ । यसमा उनी मुछिएकाले पनि यो विशेष चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल