प्रधानमन्त्री तारा खसाल्ने कुरा गर्छन् सिन्को भाँच्दैनन् : वरिष्ठ नेता पौडेल



 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्न थालेको बताएका छन् ।

मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता पौडेलले नेपाललाई अहिले विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका बताए ।

 

‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखियो । नेपाललाई अहिले सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन्’ वरिष्ठ नेता नेपालले भने ।

 

उनले बर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई समेत अलपत्र पारेर नालायकीपन देखाएको आरोप पनि लगाए । पौडेलले भने ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपीआर भएको थियो । तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो ।

 

त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके । व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र छ ।’

 

नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको पनि बताए । उनले ७० वर्षदेखिको जनताको चाहाना बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने भन्दै मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताए ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल