प्रधानमन्त्री भन्छन् : सार्क र बिम्स्टेकलाई एकसाथ अघि बढाउँछौँ



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन् ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरीबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख छ ।

बिम्स्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा अघि बढ्ने बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले यी दुवै संगठनलाई सक्रियतापूर्वक अगाडि बढाइने पनि ओलीले बताएका जानकारी दिए ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन गर्न पाएको सहयोगप्रति धन्यवाद दिएका छन् ।

उनले सर्वसाधारण, सुरक्षा निकाय, कर्मचारी र सञ्चारकर्मीले पुर्‍याएको योगदानप्रति धन्यवाद दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...