हत्या गरेर पानी सर्किँदा ज्यान गएको भनेपछि यसरी कोच्चिए खोरमा



 

कृष्णाष्टमीको ब्रत लिएकी एक महिलाको पानी पिउने क्रममा सर्किएर मृत्यु भएको छ। राजविराज नगरपालिका-३ स्थित कल्टु दासको पोखरी पूर्व बसोबास गर्ने २२ वर्षीया शिलादेवी  साफीको पानी सर्किएर मृत्यु भएको उनका श्रीमान् मनोज साफीले बताए।

अचेत भएकी साफीलाई राजविराजस्थित अञ्चल अस्पतालले रेफर गरेपछि उनलाई तत्कालै बिराटनगरस्थित लाइफगार्ड अस्पताल पठाइएको थियो। अस्पताल पुग्न नपाउँदै उनको बाटोमा मृत्यु भएको परिवारका सदस्यले बताए।

भारत बिहार महादेवमण्ठकी शिलासँग मनोजको डेढ वर्ष अघि मात्र विवाह भएको थियो। मृतकका फूपूका छोरा हनुमाननगर कंकालिनी नगरपालिका-१ का राजकुमार रजकले हत्याको आशंमा जिल्ला प्रहरी कार्यालयमा आवश्यक छानबिनका लागि माग गर्दै सोमबार उजुरी दिएका छन्।

रजकका अनुसार विवाहको ६ महिनामै कुटपिट गरेर घरनिकाला गरेपछि माइतमा बस्दै आएकी शिला पाँच दिन अघि मात्र घर फर्केकी थिइन्। शव पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल