दुई बालिका बलात्कार गर्न खोज्‍ने पक्राउ



धनगढी उपमहानगरपालिका–६, जालीमा दुर्इ बालिकालाई बलात्कार गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

आईतबार १३ र १४ वर्षका दुई वालिका बलात्कार गर्न खोज्ने २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्थानीयको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले नुहाउन गएका ती वालिकाहरु माथि चौधरीले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले शुरु गरेको टोलटोलमा प्रहरी अभियान अन्र्तगत दुई दिन अघि मात्र सोही ठाउँमा स्थानीयसँग छलफल गरेको थियो । चौधरी पनि सोही छलफलमा उपस्थित थिए। घट्ना लगत्तै स्थानीयले प्रहरीलाई खबर गर्नुको छलफलकै फाईदा भएको वलीले सुनाए।

किशोरी बलात्कारका अर्का आरोपी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ की १६ बर्षीया एक किशोरी बलात्कारमा संलग्न अभियुक्त मध्येका अर्का एक पक्राउ परेका छन्।

गत बिहीबार राति बलात्कार भएको भनिएको उक्त घट्ना संलग्न मध्येका मान बहादुर बिष्ट यस अघि नै पक्राउ परेका थिए भने प्रहरीले आइतबार जनक खड्कालाई पक्राउ परेको जानकारी दिएको छ।

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले यि दुई जनाले बालिका बलात्कृत गरेको जाहेरी परेको बताए । उनले मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए । प्रहरीका अनुसार विवाह गर्छु भन्दै बालिकालाई घर बाहिर बोलाएर मोटरसाईकलमा लगी बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल