२३ देशका १०३ गुप्तचर काठमाडौंमा, किन आए एकै पटक ?



हाम्रो इकोनोमि

 

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनका लागि विभिन्न २३ देशका झण्डै एक सय भन्दा बढी सैनिक गुप्तचर अधिकारीहरु काठमाडौँमा भेला भएका छन् ।

पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका ८३ जना उच्च सैनिक अधिकारीहरु सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अमेरिकी सेनाको प्यासिफिक कमाण्ड अन्तर्गत ४६ देशहरु पर्छन् ।

त्यसमध्ये सम्मेलनमा २३ देशले मात्र सहभागिता जनाएका छन् । नेपाली सेनाबाट २० जना सहभागी रहेकाले सम्मेलनमा सहभागी हुने सैन्य–गुप्तचर अधिकारीहरुको संख्या १०३ रहेको छ । सम्मेलनको उद्घाटन कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...