गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडाको पद धरापमा, २ नयाँ मन्त्री खोज्दै प्रधानमन्त्री



 

जनचाहना अनुसारको बजेट नआएको भन्दै बिपक्षीहरुले कुरा उठीरहेको बेलामा नेकपामा पनि यो बिषयले प्रवेश पाएको छ ।

 

बजेट राम्रो ल्याउन नसकेको आरोप खेपिरहेका अर्थमन्त्रीले पछिल्लो समयमा स्थानीय निकायले उठाएको करमा पनि बिबाद आएपछि अर्थमन्त्रीको राजीनामा माग्न थालेका छन ।

 

नेकपाभित्र नै अर्थमन्त्रकिो राजीनामाको कुरा उठेपछि अध्यक्ष प्रचण्डले पनि चासो दिएपछि प्रधानमन्त्री ओलीले नयाँ अर्थमन्त्रीको खोजी गर्न थालेको स्रोतको दाबी छ । अब आउने बजेट तयारी अगावै अर्थमन्त्री युवराज खतिवडाको जागीर जाने पक्का भएको स्रोतको दाबी छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालयमा लगेर दुर्व्यवहार गरिएको घटनाले विवाद चरमचुलीमा पुग्यो ।

 

त्यसअघि विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सरकारको चर्को आलोचना भएको थियो ।

 

ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावलीविपरीत गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपशरण शैलीमा गृह मन्त्रालय पुर्‍याइएको भन्दै चिकित्सक संघले विज्ञप्ति नै निकालेर विरोध जनायो ।

 

पछिल्लो पटक संयुक्त राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका पूर्वलडाकुलाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सामाजिक सञ्जालमा गृह प्रसाशनको आलोचना भइरहेको छ ।

 

सरकारले जतिसुकै बचाउ गरेपनि श्रृङ्खलाबद्ध ढंगले भइरहेका यस्ता घटनाले अन्तर्राष्ट्रिय समुदायमा सरकारको छवि धुमिल भइरहेको छ ।

 

लोकतान्त्रिक खुला समाजमा व्यक्तिको आवतजावत गर्न पाउने अधिकार कुण्ठित गरिएको तथा प्रवेशाज्ञा लिएर कुनै कार्यक्रममा जान लागेको व्यक्तिलाई रोक्न खोज्दा सरकार निरंकुश बन्न लागेको त होइन भन्ने आशंकालाई मलजल गर्न खोजेको छ ।

 

गृहमन्त्री स्वयंले पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न क्षेत्रलाई विरोध प्रदर्शनमा रोक लगाउन गरेको निर्णय अदालतसम्म पुग्यो र सरकारको निर्णयमा अदालतले अंकुश लगाइदियो ।

 

प्रतिनिधिसभा निर्वाचनमा आफूले रोजेको क्षेत्र नपाएको भन्दै चुनाव नलडेका रामबहादुर थापा राष्ट्रियसभाको सदस्य बनेर गृह प्रसाशनको नेतृत्वमा पुगे । असार ४ गते भएको गोलाप्रथामा थापाको कार्यकाल पूरै ६ वर्ष पर्‍यो । त्यसअर्थमा रामबहादुर थापा भाग्यमानी ठहरिए । तर उनले गर्न खोजेका काम एकपछि अर्को गरी विवादमा पर्दै गए ।

 

गृहमन्त्रीको कामकाजका विषयलाई लिएर सदनमै आवाज उठ्न थाले । प्रतिपक्षी दलका एक सांसदले त बादललाई ‘सिंघम होइन डन’ भनेर समेत टिप्पणी गरे ।

 

फागुन ३ मा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।

५ महिने कार्यकालको फेहरिस्त पुस्तक नै बनाएर प्रकाशित भएपनि ओली सरकारको ६ महिनामा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

 

नेकपाका एक नेता भन्छन्– ‘प्रतिकूल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओली दैनिक १८ घण्टासम्म काममा खटिएका छन् । भाषणैपिच्छे जनताको जीवनमा परिवर्तन र समृद्धिको कुरा गरेका छन् ।

 

तर उनका सहयात्रीको काम भने सोही अनुरूपमा छैनन् । सरकार कताकता कुहिरोमा रुमल्लिएको कागजस्तो भएको छ । मेशिनरीले राम्ररी काम नगरेपछि प्रधानमन्त्रीले एक्लै केही गर्न सक्दैनन् ।’

 

संसदमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार भएपनि जनताले त्यसको महसुस गर्न सकिरहेका छैनन् । बजार बिचौलियाले चलाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण कालीमाटी तरकारी बजारको अनुगमनमा सरकारी टोली थुनिएको र बुटवलमा अनुगमनको विरोधमा सुन पसल बन्द गरिएको घटना स्मरण गरे पुग्छ ।

 

कतिपय स्थानीत तहले स्वैच्छाचारी ढंगले बढाएको करका कारण ओली सरकार आलोचनाको शिकार भएको छ ।

 

नेकपाका एक नेताका अनुसार मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट छैनन् । जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने सोचाइमा ओली रहेको पूर्व एमालेका एक नेता बताउँछन् ।

प्रदेश नम्बर पाँचका सांसद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । भेटवार्तामा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ ।

 

दाङ क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य मेटमणि चौधरीले अर्थमन्त्रालयले सक्छ भने बजेटलाई करेक्सन गर्नुपर्छ, यदि त्यसो गर्न सकेन भने अर्थमन्त्री परिवर्तन हुनुपर्ने बताए ।  उनले भने, ‘अहिलेको बजेटले जनता खुसी छैनन् ।

 

जनतालाई खुसी बनाउन जनताको माग सम्बोधन गर्न सक्नुपर्छ । अर्थमन्त्रीले जनताको पक्षमा बजेट ल्याउन सकेनन् ।’ ‘सरकारलाई कमजोर बनाउँदैछन् भने उनी किन अर्थमन्त्री बन्ने ?’ सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडाको राजीनामाबारे केही नबोलेको बताउँदै सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीजीको बाध्यता थियो होला ।’   प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनले भने, ‘सरकारले गति लिने, अगाडि बढ्ने र कार्यक्रमहरुको योजना बनाइसकेको र टुंगोमा पुर्याउने काम भइसकेको छ ।’

 

भेटमा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि वृद्वा भत्तादेखि सामाजिक भत्ता बढाउने जनाएका छन् । ‘यो साल जे भइसक्यो, अर्को वर्षदेखि राम्रो गर्नेछु ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै, भेटवार्तामा देशलाई कसरी गति दिन सकिन्छ, र खासगरी प्रदेश नम्बर पाँचलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्य हिराचन्द्र विष्टले जानकारी दिए ।

 

‘विगतको सरकारले हेर्दाखेरी देशलाई खोक्रो बनाएको थियो । यो देखिन्छ पनि,’ उनले भने, ‘स्थानीय निकायदेखि प्रदेश÷प्रतिनिधिसभासम्म हामी नयाँ संरचानाले अघि बढिरहेका छौं । त्यसकारण केही समय लाग्छ । त्यसपछि मुलुक नयाँ ढंगले अघि बढ्छ । यो सरकारले देश, जनता र राष्ट्रको पक्षमा काम गर्छ ।’

 

प्रधानमन्त्रीले पनि यस विषयलाई गम्भिर भएर सोचेको उनले बताए । भेटमा बाटोघाटो अवारेध भएका कुराहरुलाई पनि जोड दिएका उनले बताए ।

 

प्रदेशसभा सदस्य सोमप्रसाद पाण्डेले भने, ‘हामीले जुन आश गरेर प्रधानमन्त्रीलाई भेटेका थियौं,  त्यो आश चाहिँ पुरा हुने खालको हामीले पाएका छौं ।’ उनले भने, ‘प्रधानमन्त्रीजी पनि त्यसमा चिन्तित हुनुहुन्छ ।’

प्रेस काउन्सिलद्वारा ‘क प्लस’ श्रेणीमा बर्गिकृत काठमाडौंबाट प्रकाशित दुईवटा साप्ताहिक म्यागेजिनको आइतवारको कभर स्टोरी एउटै छ– गृहमन्त्री रामबहादुर थापाको विषयमा ।

 

नेपाल साप्ताहिकले ‘बादल बितण्डा’ र हिमालले ‘अव्यवस्था मन्त्री’ शीर्षकमा गृहमन्त्रीका काम कारवाहीको विषयलाई लिएर कभर स्टोरी लेखेका छन् ।

दुईवटा साप्ताहिक पत्रिकाको कभर स्टोरी एउटै भएको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

 

नेकपा कार्यकर्तामा रूपान्तरित पूर्वमाओवादी वृत्तले रामबहादुर थापाविरुद्ध मिडिया खनिएको भनेर टिप्पणी गरेका छन् । ‘यो कताकता प्रायोजितजस्तो देखिन्छ,’ नेकपाका एक नेताले भने ।

गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयसम्म मिडियामा बादलले गरेका कामको चर्चा भएको थियो ।

 

खासगरी यातायात क्षेत्रमा सिन्डिकेट तोडिएको, काम नगर्ने ठेकेदारलाई समयमा काम पूरा गर्न निर्देशन दिएको लगायतका कामले बादल चर्चामा आएका थिए ।

 

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने तथा भाषणभन्दा काममा बढी विश्वास गर्ने भनेर बादलको प्रशंसा भएको थियो ।

 

तर पछिल्ला दिनमा भएका कतिपय निर्णयका कारण गृहमन्त्री बादल विवादमा आए । केही हदसम्म सहयोगीका कामका कारण पनि बादल विवादमा तानिए ।

 

नेकपाका नेता देवेन्द्र पौडेल भने सरकार पुनर्गठनको हल्ला निराधार भएको र त्यस्तो आवश्यकता नभएको बताउँछन् ।

 

‘सरकारले कामै गरेन भन्ने होइन, बजेटकको सिमितताका बाबजुद सरकारले केही राम्रा कामको शुरूवात गरेको छ,’ पौडेलले  भने, ‘चीन भारतसँग सन्तुलित सम्बन्ध राख्नु र भर्खरै बिमस्टेक सम्मेलन सम्पन्न गर्नुपनि सरकारको सफलता हो ।’

नेता पौडेल गृहमन्त्रीले गरेका कामविरुद्ध प्रचारबाजी भएको लोकान्तरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल