१५ अंकले बढ्यो शेयर, नेप्से १८ सय माथि पुग्ने विष्लेशकको भनाई



हाम्रो इकोनोमि

 

 

बैंकरहरुले निकट भविष्यमै ब्याजदर घट्ने भनी दिएको आश्वासन, लाभांश घोषणाको लहर, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सकिएर मोक परीक्षणको सुरुवात हुने खबर र लगानीकर्ताका विभिन्न संघ संगठनले बजार सुधारका लागि दैनिकजसो गरिरहेको दौडधूपको परिणाम सेयर बजारमा उछाल आएको छ ।
सोमबार मात्रै लगानीकर्ताका २ वटा संगठनले नेपाल बैंकर्स संघका अधिकारीहरुलाई भेटेर ब्याजदर कहिले घट्छ ? भने सोधेका थिए । बैंकरहरुले निकट भविष्यमै ब्याजदर घट्ने भनी दिएको सूचनाले बजारमा उत्साह भर्ने काम गरेको हो ।

यस्तै, त्यस्ता संघसंगठनको प्रयासले अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य सरोकारवाला समेत बजार सुधारका लागि सकारात्मक बन्दै गएका कतिपय लगानीकर्ताको बुझाई छ ।

 

सोमबार बजार खुलेको पहिलो २ घण्टामा नेप्से परिसूचक १८.६९ अंकले वृद्धि भई १२०८.९७ को विन्दू चुमिसकेको छ भने कारोबार रकम पनि २३ करोड माथि पुगेको छ ।

अन्य बेला कारोबार अवधिभर २० करोडको हाराहारीमा मात्र कारोबार भइरहेको बजारमा आज भने त्योभन्दा बढी कारोबार पहिलो २ घण्टामै भएको देखिएको हो ।

कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा ठूलो योगदान गरेको छ । यो कम्पनीको ८ करोड ७१ लाख बढीको सेयर पहिलो २ घण्टामा किनबेच भइसकेको छ ।  एनआइसी एशियाले समेत १ करोड १६ लाख बढीको कारोबार गरिसकेको छ । एनएमबी बैंकले समेत १ करोडको हाराहारीमा कारोबार गरिसकेको छ ।

पहिलो २ घण्टामा क वर्गका कम्पनीमा उच्च खरीद चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स ३.६७ अंकले बढेको छ ।

 

यसैगरी, यो अवधिसम्म उत्पादनूमलक समूहमा ३.८९ प्रतिशत र जीवन बिमा समूहमा २.०६ प्रतिशतको उछाल देखिइसकेको छ । बैंकिंग समूह परिसूचक १.५५ प्रतिशतले बढिसकेको छ भने विकास बैंक, निर्जीवन बिमा समूह, जलविद्युत र होटल समूहको बढोत्तरी पनि उत्साहजनक नै देखिएको छ ।

यो अवधिसम्म लक्ष्मी बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट हानिसकेको छ भने हाथ्वे फाइनान्सको मूल्यमा ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भइसकेको छ । आकर्षक बोनस घोषणा गरेको मिर्मिरे माइक्रोफाइनान्सको मूल्य ६.२९ प्रतिशतले बढिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...