गृहले सिल तोडेपछि आजबाट खुल्यो बाजेको सेकुवा



बन्द भएको साढे २ महिनापछि काठमाडौं उपत्यकामा रहेको बाजेको सेकुवाको सबै शाखाहरु आजबाट संचालनमा आएको छ।

भदौं १३ गते सर्वोच्च अदालतले सबै शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश दिएपछि आजबाट काठमाडौं उपत्यकामा रहेका सबै १० वटै शाखा संचालनमा आएको हो।

बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्धारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो।

सबै शाखा सिल गरेपछि संचालक निकिता भण्डारीले सर्वोच्च रिट हालेकी थिइन् । सुन काण्डमा चेतनाथ भण्डारी मुछिएपनि ब्यवसाय बन्द गर्न नहुने भन्दै सुन छानविन समितिको आलोचना भएको थियो।

ब्यापारीहरुले सुन छानबिन समितिकै नियतमाथि शंका गरेका थिए। सरकारले बाजेको सेकुवामा ताला लगाएर उक्त कम्पनीका अन्य सेयरधनी र कर्मचारीको अधिकारसमेत हनन गरेको ब्यापारीहरुले बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल