निर्मला हत्या प्रकरणः एसएसपीको नेतृत्वमा सिआइवीको टोली कञ्चनपुर पुग्यो



१३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोको टोली कञ्चनपुर पुगेको छ। एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा टोली आइतबार कञ्चनपुर पुगेको हो।

घटना भएको चार दिनपछि व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धानको लागि टोली कञ्चनपुर पुगेको थियो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र व्यूरोको टोलीले घटना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीको अनुसन्धानमा शङ्का पैदा भएको थियो। एसपी विष्टलाई निलम्बन गरेसँगै व्यूरोको टोली समेत फिर्ता बोलाइएको थियो।

व्यूरोको टोलीले कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने व्यूरो स्रोतले जानकारी दिएको छ। टोलीमा व्यूरोका डिएसपी कमल थापा समेत रहेका छन्।

प्रहरीले घटना पक्राउ गरेका भीमदत्त नगरपालिका वडा नम्बर १८ का रोशनी बम र बविता बमसँग बयान लिने काम गरिरहेको छ। गत साउन ११ गते पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल