चिकित्सक र सरकारबिच वार्ता, काम नगर्ने डाक्टरलाई भाँटा हान्ने यस्तो छ सरकारको तयारी



हाम्रो इकोनोमि

 

मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित  आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।

चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।   काम नगर्ने र आन्दोलन गर्ने डाक्टरलाई भाँटा हान्ने सरकारको तयारी गरेको छ ।

नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र  बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ ।  भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

हिजो ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज दोस्रो दिन देशभरको अस्पतालका प्रशासनिक काम बन्द गराइएको छ ।

आन्दोलनको दोस्रो दिन आज देशभरको प्रशासनको काम बन्द गरेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।

मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको  २३० को उपदफा (४),दफा २३१,२३२,२३३ को उपदफा (४) को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...