चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको समर्थन: सभापति देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलन जायज भएको बताएका छन् । चितवनस्थित नेपाल प्रेस युनियन भरतपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा कांग्रेसको समर्थन रहेको बताएका हुन् । ‘उनीहरुका जायज माग सम्वोधन हुनुपर्छ’ उनले भने ।

 

एक अर्को फरक प्रसंगमा बोल्दै सभापति देउवाले सरकारको काम गराई चित्तबुझ्दो नभएको भन्दै सच्चिन आग्रह गरेका छन् । नेपाली कांग्रेस बलियो प्रतिपक्ष भएर बसेकोले सरकारको हरेक क्रियाकलाप नजिकबाट नियालेको उनको भनाई थियो ।

 

पछिल्लो समय देशमा बढेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले सरकार दोषीको पहिचान गरी कारबाही गर्न असफल भएकोप्रति गुनासो गरेका छन् । उनले भने, ‘बलत्कार घटनाका दोषीलाई कारबाही गर्न किन ढिलाई ?’

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...