प्रदेश ५ ले ल्यायो पाँच वर्षिय योजना, प्रतिव्यक्ति आय दुई हजार डलर बनाउने लक्ष्य



हाम्रो इकोनोमि

 

प्रदेश—५ ले अगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर बनाउने गरी योजना तर्जुमा थालेको छ । निक्कै नै महत्वकांक्षी योजना सहित पाच वर्षै आवधिक योजना तर्जुमा गरेको प्रदेश सरकारले एक हजार १२ डलरबाट बढाएर दुई हजार बनाउने योजना अघि सारेको हो ।

 

यस्तै, झण्डै ३० प्रतिशतमा रहेको गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य समेत लिएको छ । योजनामा बालमृत्युदर ३० प्रतिशतमा झार्ने र खानेपानीको पहुच ९५ प्रतिशतमा पुर्‍याउने, प्रदेशमा विद्युतीय बस, रेल सेवा, तीन मुख्य आर्थिक केन्द्र बनाउने आवधिक योजनाका रणनीति रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा।

 

प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको समृद्ध प्रदेश बनाउने लक्ष्य अनुरुप योजना अघि सारिएको छ ।

 

विकासका लागि सरकारी र निजी क्षेत्र प्रतिस्पर्धी मोडेलमा जाने रणनीति बनाएको छ । आर्थिक विकासका लागि ‘पब्लिक प्राइभेट पार्टरनसीप’को मोडल फेल खाइसकेको भन्दै उपाध्यक्ष श्रेष्ठले अव प्रतिस्पर्धी मोडेल अपनाउने रणनीति लिएको बताउनुभयो । ती योजनाको लक्ष्य प्राप्तिका लागि पूर्वाधार र मानव संसाधन विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

 

प्रदेश भित्रै प्राविधिक शिक्षाको उपलब्धता, स्वास्थ्य सेवा र बिमा, सरसफाईयुक्त जिल्ला, आधारभूत आवास, रणनीतिक सडक र नगरपालिकाका केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्यहरु राखिएको छ । योजनालाई व्यवहारिक बनाउन अब १२ वटै जिल्लामा पूर्व छलफल गरिने प्रदेश योजना आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...