अस्पताल ठप्प–६ हजार चिकित्सकले फिर्ता गरे लाइसेन्स, प्रकाण्डलाई चौथो म्याद



 

सरकारले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा नियमित सेवा प्रदान गर्न अनुरोध गरे ।

स्वास्थ्यकर्मीको मागमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउँदै राज्यमन्त्री यादवले जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता भइसकेको र त्यसले स्वास्थ्यकर्मीको माग सम्बोधन हुने बताए ।

अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए ।
चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए ।  संघले आज सोमबार समेत देशभरका स्वास्थय संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ ।

 

यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले राखेको छ ।

यसैबीच संहिताको विरोधमा आइतबार चिकित्सकहरुले आ–आफ्ना लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गरेका छन् । संघले देशभरबाट संकलन गरेको छ हजार लाइसेन्स काउन्सिललाई फिर्ता गरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जनकारी दिए । यसबारे छिटो समाधान खोज्न सरकारलाई बिधायन समितिले पनि निर्देशन दिइसकेको छ ।

 

मताधिकारबारे सर्वोच्चको आदेश
सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

 

सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आइतबार पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिजृना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु ।’

अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको छलफलमा सर्वोच्चले अदालले विदेशमा रहेका सबै नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराई प्रजातन्त्र उपभोग गर्ने वातावरण मिलाउन आदेश भएको हो ।

 

धर्नामा मन्त्री, फकाउन पुगे सिडिओ
प्रदेश २ सरकारले आइतबार  श्रीकष्ण जन्माष्टमीको दिन दिएको सार्वजनिक बिदा संघीय सरकार मातहतका सरकारी कार्यालयले अवज्ञा गरेको भन्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादव धर्ना बसे ।
उनको धर्ना तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने धर्नास्थल नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पुगेका थिए ।

 

प्रदेश सरकारले बिदा दिएपनि संघीय सरकार मातहतका नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनकपुर धाम र जिल्ला प्रशासन कार्यालय खुल्ला दिए ।
सो कार्यालय बन्द गर्न पुगेका संघीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मन्त्री आफैं अनसन बस्न पुगेका थिए ।
मन्त्री धर्नामा बसेको केही समयमै प्रजिअ सम्झाउन पुगेका थिए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

 

क्याबिनेट बैठक 
सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त शिखर सम्मेलन प्रभावकारी रुपमा सम्पन्न भएकामा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई धन्यवाद दिएको हो ।

 

यस्तै सम्मेलनलाई भव्यरुपमा सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए ।

सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

 

त्यसैगरी सम्मेलनका कारणले सवारी चाप वा सर्वसाधारणले यात्राका क्रम वा अन्य समयमा पनि भोग्नुपरेको समस्याप्रति सरकार सम्बेदनशील र गम्भीर रहेको भन्दै आगामी दिनमा वैकल्पिक उपायबाट यस्ता महत्वपूर्ण सभा सम्मेलन गर्दा कुनै असुविधा नहुने व्यवस्था गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ ।

 

बिम्स्टेकको सफलताले नागरिकले भागेका सबै समस्यालाई बिर्साउने उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा वैकल्पिक उपाय खोजेर सकेसम्म जनतालाई कष्ट नहुने अवस्था सिर्जना गर्ने सन्दर्भमा मन्त्रिपरिषद् बैठकको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताए ।

 

प्रकाण्डलाई चौथो पटक म्याद

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न आइतबार फेरि म्याद थप गरेको छ ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई चौथोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो ।

प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ । बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पु¥याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको छ । धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराएका थिए ।

 

स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विक ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको छ ।

सेवाग्राही लुटिए

बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् । बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको रु दुई लाख २३ हजार आइतबार बिहान करीब १०.१५ बजे लुटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

 

विष्टलाई फर्काउनुका कारण खुलाउन आदेश

सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ पेश गर्न गृहमन्त्रालयका नामका आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विष्टलाई विदेश जानबाट रोक्नुका कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

काङ्ग्रेसले विधानको संशोधनको तयारीमा

नेपाली काङ्ग्रेसले पार्टीको विधान समयानुकूल परिमार्जनका लागि यही भदौ २३ गतेसम्म प्रारम्भिक मस्यौदा तयार गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा अआइतबार आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक मस्यौदालाई मूल समितिले भदौभित्र एकीकृत गरी सातै प्रदेशमा मस्यौदामाथि अन्तक्र्रिया गरिने जानकारी दिइयो ।
    बम विस्फोट गराउने पक्राउ

विराटनगर महानगरपालिकाभित्र बम विस्फोटन गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको छ । गत साउन २७ गते महानगरपालिकाको कार्यालयको परिसरभित्र प्रमुखको कार्यकक्ष बाहिरपट्टि सोफामुनि राखिएको बम विस्फोटन भई मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको थियो ।

पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी अभिमनु गिरी, मोरङ जहँदा गाउँपालिका–२ हरिनगर निवासी मनोजकुमार सिंह र सिरहा सुखिपुर नगरपालिका–५ निवासी रामरिझन यादव छन् ।

 

तालाबन्दी 
प्रदेश नं २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले आइतबार सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ ।

 

प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको टोलीले लहानस्थित नेपाल बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएको हो ।

    प्लास्टिक झोलामा आदेश

सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो ।

    

विद्युत् आपूर्ति अनियमित

नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमित बनेको छ । सबस्टेसनमा रहेका दुईवटा २२ दशमलब ५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको हो ।

प्राविधिक समस्याका कारण धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु, बालाजु औद्योगिक क्षेत्र र नयाँ बजार फिडरबाट विद्युत् आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् ।

 

कालीमाटी बजारको समस्या समाधान गरिने 

सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ ।

 

पसल तथा कबलको भाँडासमेत मनलाग्दी तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि तथा पुश पक्षी मन्त्रालयले चासो राख्दै समस्या समाधान गर्ने भएको हो ।  एकाधिकारका कारण किसान र उपभोक्ता दुवै समस्यामा परेको तथा विचौलियाले मात्रै नाफा कमाइरहेको अवस्थालाई तत्काल सम्बोधन गरिने कृषि तथा पुश पक्षीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।
  

 कृष्ण जन्माष्टमी मनाइयो

भाद्र कृष्ण अष्टमीका दिन आइतबार कृष्ण मन्दिरमा पूजाआर्चना गरी मनाइयो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ ।
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको लाग्यो ।
एकै दिन अर्ब बढीको शेयर सूचीकृत 

धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य रु एक अर्ब ७० करोड बराबरको रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८२६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५०० हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै कुमारी बैँक लिमिटेडको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर तथा  युनाइटेड फाइनान्स कम्पनीको १२ लाख ७८ हजार १३९ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्स लिमिटेडको चार लाख ३४ हजार ६२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

 

नेपालद्वारा सिंगापुर पराजित 

काठमाडौं– एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।

अाइतबार मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपाल र सिंगापुरका अलावा ओमान, युएई, हङकङ र मलेसिया सहभागी प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।

एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यता प्राप्त राष्ट्र सहभागी हुनेछन् ।

 

एशियाड सकियो
एशियाली महादेशको ओलम्पिकका रूपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आइतबार सकियो ।
प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् ।

 

प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धामा रजत जित्न सफल भयो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो ।
प्रतियोगितामा चीनले सबैभन्दा धेरै पदक जित्न सफल भयो । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो ।

 

त्यस्तै दक्षिण कोरियाले कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्यो । आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जित्यो ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल