‘धोकेवाज’ प्रेमी पक्रन प्रहरीले चलायो गोली



हाम्रो इकोनोमि

 

 

एक युवतीलाई धोका दिएको भनिएका ‘धोकेवाज’ प्रेमीलाई नियन्त्रणमा लिन आज (आइतबार) प्रहरीले काठमाडौं महानगरपालिका सिटिसी मलको गेट नजिक गोली चलाएको छ ।

 

तर, प्रहरीको फायर खोलेर ती प्रेमीलाई पक्रिन कोशिस गरे पनि पक्रिन भने असफल भएको छ । विहान १२ बजेको समयमा महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले सामान्य नागरिक किसान राईलाई पक्राउ गर्न भन्दै गोली चलाएको हो । प्रहरी स्रोतका अनुसार उनकी एक केटी साथीले प्रहरीमा आफूलाई धोका दिएको उजुरी दिएका आधारमा उनलाई पक्राउ गर्न गोली चलाएको हो ।

सिटिसी मलका सुरक्षा गार्ड प्रमुख लंकाबहादुर तामाङले मलको ३ नं गेट नजिक गोली चलेको जानकारी दिएका छन् । उनका अनुसार विहान १२ बजेको समयमा एक व्यक्तिलाई खेदाउँदै हिडेका सादा पोशाकका प्रहरीले गोली हानेका थिए । संयोगले सो गोली राईलाई लागेन । अहिले राई फरार छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी वसन्त लामाले भने गोली नचलाएको दावी गरेका छन् । ‘सिभिलको टोलीले किसान राईलाई पक्राउ गर्न सवा १२ बजेतिर मलमा पुगेको थियो त्यतिकैमा सिभिलका केटाले बोकेको हेलमेट र हतियार भूइँमा खस्यो, आवाज आयो । प्रहरीको हातबाट पेस्तोल खस्दा गोली चल्यो भन्ने अड्कलबाजी भएको मात्र हो गोली चलेको होइन,’ परिसर प्रमुख लामाले भने ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...