‘धोकेवाज’ प्रेमी पक्रन प्रहरीले चलायो गोली



 

 

एक युवतीलाई धोका दिएको भनिएका ‘धोकेवाज’ प्रेमीलाई नियन्त्रणमा लिन आज (आइतबार) प्रहरीले काठमाडौं महानगरपालिका सिटिसी मलको गेट नजिक गोली चलाएको छ ।

 

तर, प्रहरीको फायर खोलेर ती प्रेमीलाई पक्रिन कोशिस गरे पनि पक्रिन भने असफल भएको छ । विहान १२ बजेको समयमा महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले सामान्य नागरिक किसान राईलाई पक्राउ गर्न भन्दै गोली चलाएको हो । प्रहरी स्रोतका अनुसार उनकी एक केटी साथीले प्रहरीमा आफूलाई धोका दिएको उजुरी दिएका आधारमा उनलाई पक्राउ गर्न गोली चलाएको हो ।

सिटिसी मलका सुरक्षा गार्ड प्रमुख लंकाबहादुर तामाङले मलको ३ नं गेट नजिक गोली चलेको जानकारी दिएका छन् । उनका अनुसार विहान १२ बजेको समयमा एक व्यक्तिलाई खेदाउँदै हिडेका सादा पोशाकका प्रहरीले गोली हानेका थिए । संयोगले सो गोली राईलाई लागेन । अहिले राई फरार छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी वसन्त लामाले भने गोली नचलाएको दावी गरेका छन् । ‘सिभिलको टोलीले किसान राईलाई पक्राउ गर्न सवा १२ बजेतिर मलमा पुगेको थियो त्यतिकैमा सिभिलका केटाले बोकेको हेलमेट र हतियार भूइँमा खस्यो, आवाज आयो । प्रहरीको हातबाट पेस्तोल खस्दा गोली चल्यो भन्ने अड्कलबाजी भएको मात्र हो गोली चलेको होइन,’ परिसर प्रमुख लामाले भने ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल