५५ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ



हाम्रो इकोनोमि

 

वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।

 

उनीहरुको साथबाट ५४ लाख ९६ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ । वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए ।

 

‘हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा हामीले उनीहरुलाई नियन्त्रणमा लिएका छौं, उनीहरुको साथबाट ठूलो परिमाणमा नगद पनि बरामद भएको छ,’ उनले भने, ‘अनुसन्धान पछि थप विवरण सार्वजनिक गर्छौ ।’

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...