प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था कांग्रेसको



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

 

नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

 

भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दबाब दिईरहेका बेला कांग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्रा।

 

आईतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुक ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे।

 

उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह गरे।

 

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दवाव दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...