अस्पतालको सेवा रोकेर सडकमा आन्दोलन गर्ने डाक्टरलाई डण्डा हान्ने यस्तोे छ सरकारको तयारी



 

अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् ।

अस्पतालको सेवा रोकेर सडकमा आन्दोलन गर्ने डाक्टरलाई डण्डा हान्ने सरकारले तयारी गरेको स्रोतको दाबी छ ।

 

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् ।

 

काठमाडौंको माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभालाई डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे ।

 

सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिए ।

 

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।

 

‘चिकित्सकको लापरवाही र हेलचेक्र्याइँ हो वा होइन भन्ने अध्ययनका लागि छुट्टै विशेषज्ञसहितको टोली हुनुपर्छ’ कोणसभाका वक्ता डा. हरिहर वस्तीले भने, ‘म चुनौतीका साथ भन्छु, चिकित्सकको भुल प्रहरीले कुनै हालतमा पत्ता लगाउन सक्दैन । त्यसकारण त्यो संयन्त्रमा मेडिकल बुझेको मान्छे हुनुपर्छ ।’

 

आफुहरु कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वास्थ्यकर्मीको विरुद्धमा रहेको मुलुकी अपराध संहिताका कारण आम जनतालाई पर्ने असरबारे आवाज बुलन्द गर्न आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुले बताए ।

 

त्रुटी अपराध हैन, डाक्टरलाई तर्साउन पाइँदैन

हामी उद्धारक हौँ, भगवान होइन

 

आइतबार नेपाल चिकित्सक संघले राजधानीमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को बिरुद्धमा गरेको प्रदर्शनमा लगाइएको नारा हो ।

मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले माइतिघरबाट नयाँबानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले आजै ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएका छन् ।

संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय