फोन शुल्क घटाउन नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् ।

यस्तै, दिवसका अवसरमा शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘संविधान दिवशलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,’ प्रधानमन्त्री ओलीले भने, ‘ यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रहसमेत गरेका छन् ।

सोही समारोहमा प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले संविधान दिवसलाई जनताको दिवसका अवसरमा मनाउनु पर्ने बताए । ‘२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।’

संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...