फिर्ता भयो ‘डन’ मनोज पुनको भुत, कसले खायो यति धेरै पैसा ?



 

सिआईबी र रुपन्देही प्रहरीले गरेको संयुक्त कारवाहीमा मारिएका थिए, गुण्डा नाइके मनोज पुन र सोमबहादुर आले । प्रहरीले दाबी गरे अनुसार भिडन्तका क्रममा पुनको शरीरमा १२ गोली लागेको थियो । पुन र आलेबाट एक राउन्ड मात्र फायर हुँदा मोटरसाइकलमा लागेको थियो । प्रहरीलाई गोली भने लागेको थिएन ।

 

मनोज र उसँगै रहेको सोम आलेबाट एक राउन्ड मात्र फायर भएको र त्यो पनि मोटरसाइकलको टायरमा लागेको भनिएको थियो । पुनलाई इन्काउन्टर मार्फत हत्या गर्ने सिआइबी भए पनि फेक इन्काउन्टरको कुरा बाहिर आउन थाले पछि रुपन्देहीका तत्कालीन एसपीलाई मिडियामा बोल्न उक्साईएको थियो ।

 

पुन र आलेले एक राउन्ड गोली चलाउँदा जवाफी क्रममा १२ राउन्ड प्रहरीको तर्फबाट गोली ठोकेबाट नै यो ुफेक इन्काउन्टरु रहेको पुष्टि हुने सबैभन्दा ठूलो आधार देखिएको थियो ।

 

फेक इन्काउन्टको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको थियो । घटनाको सत्यतथ्यका लागि बुटवलमा रहेको मानव अधिकारको कार्यालयले काम गरेको थियो । अहिलेसम्म पनि आयोगले कुनै विवरण सार्वजनिक गरेको छैन । पुन र आलेको इन्काउन्टर प्रकरणको अनुसन्धानका लागि आयोगले शाखाका अधिकृत चन्द्रकान्त चापागाइँलाई अनुसन्धानमा खटाएको थियो ।

 

आयोगले प्रारम्भिक अनुसन्धान मै भनेको थियो, ‘प्रहरीले यो घटनामा अभियुक्तलाई नियन्त्रणमा लिन भन्दा पनि आक्रोशित रुपमा मार्ने नियतले गोली चलाएको प्रस्ट देखिन्छ ।’ त्यतिखेर पुनलाई इन्काउन्टर गर्न आदेश दिने सिआईबीका प्रमुख पुष्कर कार्की हाल प्रहरी एकेडेमीमा छन् ।

 

पुन मारिनु एक साताअघि नै हत्या र फिरौती असुलीका मास्टरमाइण्ड गुन्डा नाइके मनोज पुनलाई सिआईबीले भारतको गोवाबाट पक्राउ गरेको समाचारले सनसनी मच्चिको थियो । पुन पक्राउ परेको र प्रहरी इन्काउन्टरबाट जोगिएको भन्ने समाचार बाहिरिएपछि सिआईबी टोली नै अन्योलमा परेको थियो ।

 

तर, त्यसको केही दिन पछि एकाबिहानै मनोज पुन इन्काउन्टरमा मारिएको समाचार बाहिर आयो र पुनलाई दाउद इब्राहिम जस्तै बनाएर समाचार प्रकाशित गरिएको थियो। र, फेक इन्काउन्टरको तथ्य ओझेलमा पर्‍यो ।

 

मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका थिए । २०७२ पुसमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी थियो ।

 

सिआईबी र तत्कालीन डिआईजी गणेश केसीको छानविन समितिले भने निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत रहेको निश्कर्श निकालेको थियो । बस्नेतलाई इन्काउन्टरबाट जोगाएर त्यतिखेर सिआइबीको टोलीले अचानक सार्वजनिक गरेपछि गौचन हत्याको अनुसन्धानका लागि बनेको छानविन समिति नै चकित परेको थियो ।

 

पुन मारिनु र बस्नेत जेल भित्र रमाउनुलाई गुण्डामाथिको भेदभाव प्रस्ट रुपमा देखिन्छ । यतिसम्म कि कार्की नेतृत्वको सिआईबीले त्यतिखेर गौचन हत्यामा मृत्यु भइसकेका मनोजलाई मुख्य अभियुक्त बनाई बस्नेतलाई सहयोगी बनाएर जोगाउन खोजेको थियो ।

 

पुनलाई दाउद इब्राहिमकै शैलिमा प्रचार गराएका कार्कीले पुनले को–कोसँग कति फिरौती असुलेका थिए र कति रकम अबैध रुपमा आर्जन गरेका थिए भन्ने बारेमा केही पनि खुलाउन सकेका थिएनन् ।

 

तर, प्रहरीकै भरपर्दो स्रोतबाट एउटा कुरा के खुलेको थियो भने पुन भारतको गोवामा पक्राउ परेको एक साता अघि नै उनलाई छुटाउने नाममा हङकङ र दुबइबाट पुनका सहयोगीहरुले दुई करोड रकम हुण्डी गरेर पठाएका थिए ।

 

पुनलाई सिआईबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको समाचार बाहिर आएको थियो । बजगाई उनै सई हुन, जसले पुनका पार्टनर गुण्डा नाइके एवम् गौचन हत्याका मुख्य नाइके समिरमानसिह बस्नेतलाई पनि डिआईजी कार्कीको निर्देशनमा भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएका थिए ।

 

गौचन हत्याका मुख्य योजनाकार समिर र मनोजलाई सई बजगाइँकै टिमले भारतबाटै पक्राउ गरी ल्याएको भए पनि समिरलाई सेटिङमा जोगाएर जोगाएर पुनलाई मात्र इन्काउन्टर गरिएपछी कार्कीको नियतमा खोट लागेको प्रस्ट देखिएको थियो ।

 

कार्कीले समिरमानलाई सार्वजनिक गर्दा भनेका थिए, उसको समुहले इन्टरनेट, फेसबुक भाईबर जस्ता प्रबिधिमार्फत नेपालका ब्यापारीहरुलाई धम्क्याएर रकम असुल्थे । समिरमानबाट बरामद ल्यापटप,फोन र अन्य उपकरणहरु एकाएक सिआईबीबाट कता लगियो ? अहिलेसम्म खुल्न सकेको छैन ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय