दिउसै नायिकालाई पुलिसले हाने गोली



हाम्रो इकोनोमि

 

 

हलिउड नायिका वनेसा मारकेजको बिहिबार पुलिसको गोली लागेका कारण मृत्यु भएको छ । शुक्रबार साउथ पेसाडिनाको पुलिसले यसबारे पुष्टि गरेका हुन् ।

वनेसा चर्चित टिभी सिरिज ‘इआर’ मा नर्सको भूमिकाका लागि सबैभन्दा चर्चित छिन् ।

पुलिसका अनुसार वनेसा कुनै मानसिक रोगबाट ग्रसित थिइन् ।

द सनका अनुसार वनेसाका घर मालिकले उनको सुरक्षाका लागि पुलिस अधिकारीलाई बोलाएका थिए । बिहिबार दिउँसो १२ बजेतिर जब पुलिस उनको घर पुगे तब उनको स्थिती निकै नाजुक थियो । पुलिसलाई देख्नेबित्तिकै उनले बन्दुक तेर्साइन् । पुलिसले त्यसलाई सेमी अटोमेटिक ह्यान्डगन भन्ने ठाने र उनीमाथि गोली चलाए ।

पछि थाहा भयो कि त्यो एक ‘बीबी गन’ थियो । वनेसालाई तुरुन्त अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो ।

पुलिसले शरिरमा क्यामरा लगाएपनि त्यसको फुटेज ६ महिनाअघि सार्वजनिक गर्न नसकिने बताएको छ ।

वनेसाकी निकै नजिककी साथी टेरेन्स तौलेस क्यानोटले ती नायिकाले स्वास्थ्य र आर्थिक समस्या झेलिरहे पनि उनलाई मानसिक रोग र डिप्रेशन नभएको ठोकुवा गरेकी छिन् । ।

उनले अझै पनि ओस्कर जित्ने सपना देखेको र आफ्नो करियरमा पुनः उचाईमा पुग्न चाह राखेको क्यानोटले जानकारी दिइन् ।

‘उनी जीवनमा अघि बढ्न चाहन्थिन्,’ क्यानोटले भनिन्, ‘उनी ती महिला होइनन् जो मर्न चाहन्थिन् ।’

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...